

पथरी शनिश्चरे समाचारदाता, जेठ २२
मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १०औं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले जितेको छ।
कानेपोखरी–६ स्थित जनसेवा माविमा सम्पन्न उक्त प्रतियोगितामा २० स्वर्ण पदक जित्दै बाग्लुङ च्याम्पियन बनेको हो। च्याम्पियन बाग्लुङले १५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरेको छ।
प्रतियोगिता माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीको प्रायोजनमा तीन दिनसम्म संचालन भएको थियो।
फस्ट रनरअप भक्तपुर
१४ स्वर्ण पदकसहित भक्तपुर दोस्रो भयो। भक्तपुरले १० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो। प्रतियोगिता जेनिथ इङ्लिस स्कुल (कानेपोखरी–६ रमाइलो) को प्रायोजनमा सम्पन्न भएको हो।
सेकेन्ड रनरअप रुपन्देही
४ स्वर्ण पदक जित्दै रुपन्देही तेस्रो स्थानमा रह्यो। रुपन्देहीले ५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्यो।
अनुशासित जिल्ला: तेह्रथुम
खेल अवधिभर अनुशासित रहेको भन्दै तेह्रथुम जिल्लालाई विशेष ट्रफी र मेडल प्रदान गरिएको छ।
व्यक्तिगत उपाधि विजेता:
श्रेष्ठ वरिष्ठ पुरुष खेलाडी – आयन श्रेष्ठ (भक्तपुर) – २ स्वर्ण, १ रजत
श्रेष्ठ कनिष्ठ पुरुष खेलाडी – प्रिन्सि दर्लामी (रुपन्देही) – १ स्वर्ण, १ कांस्य
श्रेष्ठ वरिष्ठ महिला खेलाडी – रेसा थापा (भक्तपुर) – २ स्वर्ण
श्रेष्ठ कनिष्ठ महिला खेलाडी – रेणी शाही (भक्तपुर) – ३ स्वर्ण
अन्य स्वर्ण पदक विजेता जिल्ला:
मोरङ – २ स्वर्ण (चौथो स्थान)
तेह्रथुम, कास्की, नवलपरासी – १/१ स्वर्ण
सहभागी संख्या
१२ जिल्लाबाट ३२५ खेलाडी सहभागी थिए। सहभागी जिल्लाहरू:
नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्पा, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ।
निर्णायक टोलीमा:
आस्मा श्रेष्ठ, नितेन कुमार रौनियार, रगुन श्रेष्ठ, कृष्ण कुमार थापा मगर, दिपेन्द्र बुढा मगर लगायत १५ भन्दा बढी रेफ्री र निर्णायकको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिहरू:
कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, सिएच आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष बुशल बुढा मगर, वडाध्यक्ष खड्ग बस्नेत, चरण गुरुङ, सदस्य शुशिला श्रेष्ठ लगायतको उपस्थिति थियो।
शिक्षा तथा समाजसेवी क्षेत्रबाट उपस्थिति:
जनसेवा मावि प्रधानाध्यापक प्रमोद निरौला, माउण्ट हर्मोन एकेडेमी प्रिन्सिपल होम थापा मगर, जेनिथ स्कुल प्रिन्सिपल खिलराज भट्टराई, सर्चलाइट स्कुलका संस्थापक महेन्द्र बोहोरा, समाजसेवी दानबहादुर बस्नेत, भूपाल खवास, प्रकाश धिमाल लगायतका विशिष्ट अतिथिहरू थिए।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापन
कार्यक्रमको सभापतित्व अध्यक्ष युवराज भुजेलले गरेका थिए भने सञ्चालन सचिव दिनेश सुब्बाले गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष अशोक फुयल, व्याज वितरण सहसचिव राजकुमारी तामाङ र कोषाध्यक्ष अन्जुला श्रेष्ठले गरेका थिए।
यो प्रतियोगिता कोशी प्रदेश सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा कानेपोखरीमा पहिलोपटक सम्पन्न भएको हो।