नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, आषाढ ०४, २०८२

विराटनगर / नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कोशी द्वारा उद्योग संगठन मोरङको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान

विराटनगर । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कोशी (निप्स)ले उद्योग संगठन मोरङको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

उद्योग संगठन मोरङको जेष्ठ ३० र ३१ गते सम्पन्न ५२औं वार्षिक साधारणसभाबाट उद्योग संगठन मोरङको सम्पन्‍न निर्वाचनमा अध्यक्षमा नन्द किशोर राठी, वरिष्ठ उपाध्यक्षमा भोलेश्‍वर दुलाल, उपाध्यक्षमा क्रमश सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा सौरभ सारडा, बीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, श्रृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल, सिद्धार्थ कावरा, प्रतिक राउत, पारस गोल्छा र किरण ब्यास चयन भएका छन्
निप्सले निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई आगामी कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिएका हुन् ।
कार्यक्रममा निप्स कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठ, सचिव प्रकाश कुमार पोखरेल, कोषाध्यक्ष नारायण गाैतम लगायतको उपस्थितीमा उद्योग संघटन मोरङका अध्यक्ष नन्द किशोर राठीले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]