

अहिले गर्मि समय भएको बेला गर्मि भएको हो तर के वातावरण प्रदुषण गरेका छैनौँ भन हामी पकै सकिदैनौ । वातावरण प्रदुषण दैनिकि भएकै हो । यसै प्रदुषणबाटै नै विभिन्न रसायन प्रक्रिया भएर नयाँ—नयाँ रोगको उत्पादन भएको हो । यो सायद हामी आखाँ बन्द गरेर मानछौँ । हावा, पानि र माटो जस्ता जैविक महत्वपुर्ण वस्तुहरुको लोपउन्मुख अवस्था छैन त हामी पकै भन सकिदैनौँ होला । आज यहि विषय वस्तुमा रहि मेरो केहि व्यक्तिगत विचार प्रस्तुत गर्न चाहान्छु ।
गाउँ र सहरमा ठुला—ठुला भवन बनु, पुल बनु, सडक बनु, जातिय समाजका सामुदायीक भवन बनु यो मात्रै विकास होइनन् । प्रत्येक दिन प्राइभेट कम्पनि, फर्म दर्ता हुनु र रोजगारी सृजना हुनु यो मात्रै विकास होइनन् । ठुला —ठुला महल, सुपर मार्केट बनु, शैक्षिक संस्थाको ठुला—ठुला भवन बनु पनि मात्रै विकास होइनन् । स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारले अर्बौँ बजेट विदेशी ऋण लिएर सडक, पुल, शैक्षिक संस्था, भवन जस्ता देशको विकास निमार्णका काम गर्नुभनेको पनि मात्रै विकास होइनन् । विकास भनेको हजारौँ वर्षसम्मका लागी प्राकृतिक वातावरण तथा पर्यावरण संरक्षणको दृष्टिकोणले गरिने काम अथवा कार्यलाई विकास भन्न सक्नुपर्दछ । अर्थात यो विकासको मोडेल हुनुपर्दछ । कसरी अर्गानिक र प्राकृतिक पर्यावरणलाई दुसित नगरी सहि विकासको मोडेलमा सहर, गाउँ र बजार अनुसारको सहि व्यवस्थापन गर्नु हो । वनजङ्गल, वातावरण र पर्यावरण प्रकृतिलाई हानी नोकसानी नगरी गरिने कार्यलाई विकास भनुपर्दछ । वातावरणीय क्षेत्रलाई कुनै असर नपारीकन गरिने कार्यलाई विकास भनुपर्दछ । जुन सतप्रतिशत सत्य हो । भावि संततिलाई सहि र वास्तविक विकास दिने योजना अनुसार विकासका कार्यहरु हुनुपदर्छ र यसले समाजलाई र जनतालाई प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा के फाइदा र बेफाइदा पार्दछ र सोहि अनुसार विकास हुनु नै वास्तविक विकास अथवा त्यसलाई विकास भनिन्छ । भन सक्नुपर्दछ पनि ।
सहि अर्थमा विकास भने हो भने सुनसरी जील्लाको धराण उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गको कामलाई विकास भन सकिन्छ । र यो सहि अर्थमा पनि यहिँ नै वास्तविका विकास हो । श्रम भनेको के हो । माटोसंग जोडिनु भनेको के हो । म, हामी र तपाईँ कसरी सोचनुपदर्छ । भ्रष्टाचार किन गर्नुहुन् । काम गरेपछि मात्रै देश राम्रो बन्छ । यी र यस्ता विषय वस्तुले जनतामा सोचको विकास गर्नुपनि विकास नै हो । विकास गरेर रोगी हुनु, अस्वस्थय हुनु, मांसिक तनाव बढाउनु यी सबै अवास्तविक विकास भनुपर्दछ ।
सहि अर्थमा विकास कस्तोलाई भनिन्छ ।
१. विकास संगै वातावरणलाई सफा र स्वास्थ्य राख्ने कानुनी व्यवस्था हुनुपर्छ ।
२. विकाससंगै प्राकृतिक सम्पदा तथा संस्कार, संस्कृतिहरुको विषेशता र अन्य महत्वपुर्ण विषयलाई हानी नगरी गरिने विकास नै सहि विकास हो ।
३. विकाससंगै वनजङ्गल, जनावर, पशुपंछि लगायत भौतिक सम्पदाको संरक्षण र सहि प्रर्वद्धन हुन जरुरी छन् ।
४. विकास निर्माणमा हावा, पानि, माटो र यस पर्यावरणलाई असर नपारिकन विकास निर्माणको कार्य गर्ने ।
५. ठुला—ठुला भवन निर्माणसंगै भवन प्राकृतीक दृष्टिकोणले निर्माण गर्ने ।
६. विकाससंगै भवनको वरिपरि रुखहरु धेरै लगाउने ।
७. घरबाट निस्केका सबै बेकार घरायसी वस्तुहरु पुन्न निर्माण कार्यमा लगाउने ।
८. सडक, पुल र भवन बनाउदा सो स्थानमा रुखहरु जति काटिन्छ सोहि अनुसार र सोहि स्थानमा अर्को रुख अनिवार्य रोप्ने ।
पर्यावरण तथा वातावरण प्रदुषण नगरी गरिने कार्य नै सहि अर्थमा विकास हो बुझनुपर्दछ । सत्य विषय वस्तुमा जागरुक हुनु नै विकास हो । आज देशमा विकासको लहर चलिरहदा वनजङ्ग, वनस्पति, जनावर तथा प्राकृतिकरुपमा वातावरण पर्यावरण नष्ट भइरहदा यसलाई नै अहिलेको सोच अनुसार विकास भनिएको अवस्था पनि हो । जबकि यो सय प्रतिशत गलत हो । यसको अर्थ यो पनि होइन कि अहिले पुल, सडक, भवन, शैक्षिक संस्थाको तिव्र विकास हुदै गर्दा फेरी अर्को प्रश्न उठदा यो विकास होइन त भने पनि होइनन् ? समय अनुसारको वातावरणमा प्रदुषण क्रमश वृद्धि हुदै गर्दा यसलाई विकास पकै भनिदैनन् । एउटा सानो भन्दा सानो विषय वस्तु गहन दृष्टिकोणले सोच, विचार र सहि दिशानिर्देश अनुसार अर्गानिक तथा प्राकृतिक रुपमा विकास गर्दै जानु नै विकास को सहि अर्थ हो । विकास भन्नाले अर्गानीक रुपले विकास हुनुनै विकास भनिन्छ । प्राकृतिक रुपमा मानव जाति र भौतिक सम्पदा तथा प्रकृतिको सहि अर्थमा विकास गर्नु हो भनेर बुझन जरुरी छन् । मानव जातिको विकास संगै हावा, पानि र माटो एक मानव जातिलाई चाहिने महत्वपूर्ण विषय हो । जस्लाई अर्गानिक र प्राकृतिकरुपमा विकास गर्न आव्श्यक छ ।
स्वास्थ्य चौकी निर्माण गर्नु । स्कुल बनाउनु । शिक्षा सम्बन्धि कार्यक्रम गर्नु । दाइजो सम्बन्धि कार्यक्रम गर्नु । कार्यक्रममा हुनेनहुने फोकसिङ्ग भाषण दिनु । सडक कालोपत्रे गर्नु । सामुदायिक भवन निमार्ण गर्नु । वृद्धा भक्ता बाँडनु । आर्थिक सहयोग गर्नु । यी सबै गौण विषय वस्तु हुन । यस विषयलार्ई साधारण भन्दा साधारण व्यक्तिले पनि गर्न सक्दछन् । यी कामहरु गरेर कुनैपनि प्रमुले विकास गरे भनेर भनु अब यो समयमा सायद सुहाउँदो न होला । आज देशभर सामुदायिक तथा प्राइभेट स्कुल, कलेज र शैक्षिक संस्थाहरु गाउँ, सहर र बजारको गलि—गलीमा स्थापना भएको छ । यस कारण क्रमश अपराध घट्नुपर्ने हुन्छन् तर यहाँ अझै अपराध वृद्धि भइरहेको अवस्था मजाले गाउँ, सहर बजारमा राम्रैसंग देखिन्छन् । सडक, पुल, भवन र अन्य विभिन्न विकास निमार्णका कार्यहरु हुदैछन् नै । तर अपराधीक क्रियाकलापको शिलशिला पनि बढिरहेको छ । अब यस्लाई कुन अर्थमा विकास भन्नु हुन्छन् ।
विकासको अर्थ मान्छे पिच्छे राम्रो र फरक — फरक सोच र दृष्टिकोण हुनसक्नु स्वभाविक नै होला । तर हामी मानव आफुलाई चेतनशिल प्राणी मान्दछौ र हामी कुनै न कुनै अर्थमा मानव जाति एक सोचन सक्ने सहि योग्य प्राणी हौँ । सहि र गलत वास्तविक र साचिकै सहि अर्थमा छुट्याउन हामी सक्दछौँ । विकास भन्नाले वास्तविक रुपमा नेपाली जनताको प्राकृतिक तथा अर्गानिकरुपमा आर्थिक विकास गर्नु, रोजगारीको विकास गर्नु, स्वास्थय क्षेत्रमा आर्योवेदिक औषधिको व्यवस्था, प्राकृतिक तथा वातावरण अनुसारको भवन निर्माण गर्नु हो । वातावरणलाई कुनै पनि असर नगराई सहि अर्थमा विकासका कार्य गर्नु भनेको नै विकास हो ।