

विस्वको सबै राष्ट्रहरुको राष्ट्रिय गान हुनछ । त्यस्तै नेपालको नेपाली राष्ट्रिय गान पनि छन । “ सयौँ थुङ्गा फुलका हामी ” सो गान नेपालको सबै औपचारिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रमको सुरुमा राष्ट्रि गानबाटै सुरु हुने एक मान्यताको विकास भएको छ । यस गान सुनिरहदा र गाईरहदा जुन भावनात्मक विचार उत्पन हुनछन् सोहि विषय वस्तुमा रहि आज राष्ट्रिय गानको चर्चा म संजय कुमार राजवंशी मेरो व्यक्तिगत विचार प्रस्तुत गर्न चाहान्छु । यस नेपाली राष्ट्रिय गानले नेपाली समाजले कसरी महसुश गरिएको छ भने विषयमा चर्चा गर्न चाहान्छु । यस गानले सबै नेपाली एक भई देश विकासमा लाग्नुपर्छ भने सोच, विचार र एक नयाँ दृष्टिकोणको भावना स्थापीत गर्दछन् । मन सफा, सुध र केहि देशको लागी गर्नैपर्छ भने यस गान सुन्दा र गाउँदा भावना उत्पादन हुनछन् । देशप्रति माया लाग्दछन् । देशका प्रकृति र सम्पदाको सुरक्षा गर्नुपर्छ भने सोचको विकास मनमा बन्दछ ।
सबै स्कुल, कलेज तथा अन्य केही कार्यक्रममा राष्ट्रिय गान बजाउने चलन र परम्परानै भइसकेको छ । यस गानले मानिसमा सकारात्मक उर्जा र एक सशक्त नागरिक बने एक जोश र भावनात्मक उर्जा दिने गरिन्छ । नेपाली चार्डपर्वमा दशैँ, तिहार र छठ पर्वको समयमा तपाईँको गाउँ घर अथवा सहर बजारमा दैनिकि केहि न केहि कार्यक्रम भइनै रहनछ । सो सबै कार्यक्रममा राष्ट्रिय गान बजेको अनिवार्य हुनुपर्छ र हुनछ पनि । उक्त सहभागी कार्यक्रममा राष्ट्रिय गान बजदा म, हामी र तपाईँ पकै कुर्सिमा बसेको सबैजना उभि सो गानको सुमधुर धुनसंगै हामी एकछिन भएपनि हामी इमान्दार, सफा मन र नकारात्मक सोच हराएको महशुस गर्दछौँ । उक्त म्यूजिक सिस्टममा लगाएर सुध, सफा मनले देशको लागि एकछिन भएपनि प्राथना गर्दा मनमा देश प्रति भावनात्मक माया र देशको लागी जे पनि गर्नसक्ने सोच भएको हुनछ । र हामी त्यो गान गाउँदा र सुन्दा हाम्रो मनभित्रबाट देश प्रति विभिन्न भावनात्मक सद—विचार उत्पन्न पनि पकै भएकै हुनुपर्छ । देश प्रति हाम्रो विर सहिदको रगतको मूल्य महसुश र उनिहरुले दिएको सहादद याद आउछ ।
उत्त नेपालको राष्ट्रिय गान सुन्दा अथवा गाउँद देश प्रतिको समान र देश प्रतिको भावनात्मक सद विचार ओतप्रोत रुपमा गान बजीराख्दासम्ममा एकछिन भएपनि शरिरका मांसपेशीहरु उतेजित भई हाम्रो शरिरको अङ्ग सिरिङ्ग भएको हुन्छन् । देशको सहिद, हाम्रा देशको सबै जातजाति, सम्पदा, र विरहरुको रगत बाट बनेको यो देशको चर्चा गानमा भइराख्दा झनै शरिर र हाम्रो सोचमा परिवर्तन भइरहेको महशूस हुन्छन् । देशका लागि गरिएको बलिदान र योद्घाप्रतिको सकारात्मक सोचको विकास हुन्छन् । यस्ता विषय वस्तुहरु एकछिन भएपनि देश प्रति जवाफदेहि र उत्तरदायित्वको भावनात्मक सद—विचार जागृत हुन्छन् ।
हाम्रो नेपाली राष्ट्रिय गान “ सयौं थुँगा फूलका हामी एउटै माला नेपाली ” मिति २०६२/०६३ को आन्दोलनपछि बनेको हो । यस गानमा हाम्रो हिमाल, पहाड, तराई र देशका विभिन्न जातजातिप्रतिको विषयलाई महत्वपुर्ण स्थानमा राखि व्याख्या गरिएको हो । त्यसैले भएपनि राष्ट्रिय गान गाउँदा मन उत्शाह र गर्व महशुस हु्न्छ । हाम्रो पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भिर’ लाई संसदले खारेज गरेपछि नेपालको नयाँ राष्ट्रिय गानको खोजी गर्दा यस गान “ सयौँ थुङ्गा फुलका हामी ” बनाईयो ।
राजतन्त्र सकिएपछि नेपाल सरकारको राष्ट्रिय गानको मापदण्ड तोकिए अनुसार गान तयार गरियो । नेपालको विभिन्न जातजाति, भौगोलिक, सांस्कृतिक, प्राकृतिक सम्पदा समेटिएको हुनु पर्ने, राजनीतिक परिवर्तनलाई सम्बोधन गर्ने विषय वस्तु समेट्नु पर्ने भनिएको थियो । साथै ८ हरफ र बढीमा ५० वाक्य शब्द संरचना पनि तोकिएको थियो । र सो गान अम्बर गुरुङको संगीतमा एउटा समूहले गाएपछि हाम्रो राष्ट्रिय गान झन् सुभधुर र लोकप्रिय बन पुग्यो ।
नेपाली राष्ट्रिय गान यस्तो छ ।
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली ।
प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
यस राष्ट्रिय गानलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो । यसलाई अन्तरिम संसदका सभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङ सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए । तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान “ श्रीमान् गम्भिर ” नेपालीलाई वि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन प्रतिनिधि सभा घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो । अम्बर गुरुङले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान “ सयौँ थुङ्गा फुलका हामी ” शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ ।
निष्कर्ष ः देशको राष्ट्रिय गान सुन्दा र गाउँदा जसरी देशप्रति सद—विचार उत्पन्न हुन्छन् सायद यसै गरि संधैभरी मन सफा र सुध दृष्टिकोण बनाउन अथवा राख्न सके देश र जनताको लागि अझै राम्रो हुनेथियो । तर गान सकिएपछिको मानव जातिमा जुन व्यवहार देखीन्छन् त्यो हेर्न लायकको हुन्छन् । कहिँ नभएको भाषण र झुठा आश्वासन बाहेक अरु केहि देखिदैनन् । यसो भनिरहदा सबै मानव जाति नराम्रो छन भन्ने पनि होइनन् । केहि राम्रा काम पनि गरिरहेका छन् ।