मलखादको चरम अभाव किसान महासंघको चेतावनी : तत्काल मल नआए दबावमूलक कार्यक्रम सुरू गरिने

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, आषाढ १३, २०८२

मलखादको चरम अभाव
किसान महासंघको चेतावनी : तत्काल मल नआए दबावमूलक कार्यक्रम सुरू गरिने
ध्यानाकर्षण पत्रको बोधार्थ मोरङका प्रमुख जिल्ला अधिकारी लाई समेत दिएको छ।
विराटनगर, असार १३ —
धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला मोरङ जिल्लाका किसानहरू अत्यावश्यक मलखादको अभावसँग जुझ्न बाध्य भएका छन्।

कृषिमा उन्नति, आत्मनिर्भरता र समृद्धिको नारासहित अघि बढिरहेको सरकारका लागि लाजमर्दो परिस्थिति बनेको छ — अन्न भण्डारको रूपमा चिनिने मोरङमै किसानहरू डिएपी र युरियाको अभावमा रोपाइँ रोक्न बाध्य भएका छन्।

यही विषयलाई लिएर नेपाल किसान महासंघ, जिल्ला कार्यसमिति मोरङ ले कृषि सामग्री कम्पनी लिमिटेड, कोशी प्रदेश कार्यालय विराटनगर को गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्ष बसन्त होमागाई को नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,

“मलखादको समयमा आपूर्ति नहुँदा बालीको उत्पादन घट्ने, लगानी डुब्ने र अन्ततः किसान विस्थापित हुने अवस्थामा पुग्नेछ।”


महासंघले चेतावनी दिएको छ कि यदि तत्काल मोरङ जिल्लाका सबै स्थानीय तहमा पर्याप्त मलखादको आपूर्ति नभएमा चरणबद्ध दबावमूलक कार्यक्रमहरू घोषणा गरिनेछ।
त्यसबाट उत्पन्न हुने कुनै पनि नकारात्मक परिणामको जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्नेछ।

ध्यानाकर्षण पत्रको बोधार्थ मोरङका प्रमुख जिल्ला अधिकारी लाई समेत दिएको छ।

स्मरणीय छ, वर्षा यामको सुरुवातसँगै किसानहरू धान रोपाइँमा व्यस्त छन्। यस्तो संवेदनशील समयमा मल अभाव हुनुले खाद्य सुरक्षामै प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]