अब थाकिएँ…

Logo
महमद अफरोज हवारी प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

अब थाकिएँ…
महमद अफरोज हवारी
बिराटनगर , मोरङ

उमेर त धेरै थिएन, मेरो
तर जीवनले दिनुपर्ने दुःख सबै दिइसकेको जस्तो लाग्छ।
मुस्कानहरू थिए,
तर अब ती ठाउँमा घाउ मात्रै बाँकी छन्।

सपना अझै बाँकी छन्,
तर ती पूरा गर्न पाइलामा बल छैन।
मनमा बोझ छ –
कसैले बुझेन, कसैले चोट दियो,
र मैले आफैंलाई माफ गर्न सकिन।

हरेक दिन एक जुधाइ बन्यो –
आशासँग, निराशासँग, अनि आफैंसँग।
उठ्न खोजें,
तर खुट्टा साथ दिँदैनन् अब।

म थाकिएँ,
शरीर होइन, आत्मा थाकियो।

तर…
कहिले काँही लाग्छ –
शायद यही थकाइभित्र
एउटा नयाँ यात्रा पलाउँछ
जहाँ आँशुहरू पोखिएर,
सपना फेरि मुस्कुराउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]