

संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको उपलब्धी भनेको देशलाई गतिशील जीवन पद्धति र सांस्कृतिक आधार बनाउनु नै संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको मुख्य उपलब्धि हो । देशमा न्यायिक पुनरावलोकन सहितको न्यायालय कार्यपालिका आवधिक निर्वाचनका आधारमा सघीय संरचना संवैधानिक निकाय मानव अधिकार आयोग निर्वाचन आयोग र ब्यक्तिलाई सशक्त बनाउन मौलिक हक लगायतको ब्यवस्थापन गरेको छ। तर वर्तमान परिपेक्ष्यमा जनताहरू विकासको आशामा बसिराखेको छ ।
राजनीतिक को अस्वस्थ खेलको कारण पछिल्लो पुस्ताको युवाहरू राजनितिक प्रति विश्वास घटेको देखिन्छ। किनभने वर्तमान सरकारलाई नेपालको संविधानले दिएको अधिकारलाई व्यवस्थित तरिकाले सदुपयोग हुने गरि कार्य गर्नुपर्छ । देशमा राजनीतिक अस्थिरताका कारण युवाहरू विदेश जानेक्रम बढेको देखिन्छ । त्यसकारण वर्तमान नेपालको खस्किएको आर्थिक अवस्थालाई व्यवस्थापन गर्न वर्तमान सरकारले आयल निगम र कृर्षीको लागी विउ बिजन खाध र मलको एकाधिकारको अन्त गरि देशलाई समृद्ध राष्ट्र बनाउन युवाहरूलाई नेपालमा रोजगारी अवसरको सृजना गर्नु पर्छ ।
तर संघीय लोकतान्त्रीक गणतन्त्र नेपालमालाई संस्थागत ब्यवस्थापन गर्न लोकतान्त्रीक गणतन्त्रको हाम्रो यात्रामा हामीहरू जहाॅसम्म आईपुगेका छौ त्यो यात्रामा त्यतिकै आईपुगेको होईन भन्ने बुझनु जरूरी छ । त्यसको लागी धेरैको त्याग तपस्या र वलिदानका कारण संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल स्थापना गर्न सम्भव भएको हो। त्यसकारण त्यसबेलाका लोकतान्त्रीक आन्दोलनको लागी सबै योद्धाहरू अहिले देखिने ठाउमा छैन ।ती मध्ये कोही कोहीमात्र यति बेला राज्यका उच्च स्थानमा पदासिन छन्। त्यसबेलाको धेरै जसतो योद्धाहरू भने जनताको विशाल पक्तिमा घुलेर अदृश्य भई बाचिरहेका छन्।ति योद्धाहरू यसै पनि राज्यको कुनै उच्च पदमा पदासिन हुनको निम्ति लोकतान्त्रीक आन्दोलनमा लागेको थिएन ।त्यसकारण त्यो अदृश्य पक्तिबाट यथास्थिति प्रति असन्तुष्टिको सचेत आवाज बेला बेलामा अहिले पनि सुनिन्छ । त्यसकारण लोकतंत्रको यो सुन्दर यात्रामा आज सम्म प्राप्त उपलब्धी हाम्रो निम्ति अति महत्वपूर्ण क्षण हो ।यसलाई परिष्कृत परिभाषामा पनि खोज्नु पर्ने चुनौती देखा पर्न थालेको छ ।
त्यसकारण सामाजिक न्यायसंग नजोडिएको व्यवस्था लोकतन्त्रको बुख्याचा मात्र हुन सक्छ । लोकतन्त्रलाई अनियंत्रित बजारसंग अलग पारेर हेर्ने नसक्ने परम्परागत सोचबाट मुक्त गरेर लोकतंत्र र सामाजिक न्यायको लगनगाॅठो बलियो पानेॅ चुनौती हाम्रो सामु छ।
तसर्थ संघीय लोकतान्त्रीक गणतन्त्र नेपालमा महिलाहरूको हक अधिकार र समानताको लागी राज्यबाट यो भएन तेसो भएन अनि यसो गर्नु पर्ने भनियो भने तर केही हदसम्म राज्यले गरे पनि त्यो पूर्ण भएको देखिदैन । यसमा समाज र परिवारको दायित्वलाई समेत ध्यान दिनु जरूरी देखिन्छ । त्यसकारण राज्यले गर्ने भनेको आर्थिक, सामाजिक र समानता हो ।
महिला र पुरूष दुवै समान हुन भन्ने भावनाको विकास हुनु जरूरी छ । त्यसकारण मानसिक र शारिरिक रूपमा पुरूषले गर्न सक्ने सबै काम गर्न महिला सक्षम हुन्छ।यदि उनीहरूले समान अवसर पाए भने छोरीलाई अझै पनि अरूको घर जाने “जात” हो भन्ने सोचको अन्त गरि परिवारमा छोरा र छोरी दुवै समान हुन भन्ने धारणाको विकास हुनु पर्दछ ।
महिलाहरू शारिरिकरूपमा गर्भाधान गर्ने काम महिलाले मात्र गर्न सक्छ त्यो महिलाहरूको अनुपम प्राकृतिक विशेषता हो ।तर तेसैको कारण देखाई महिलाहरूलाई कमजोर नसोची उनीहरूलाई अगाडी बढाउनको लागी राज्य भन्दा एक कदम अगाडी परिवार पुगे मात्र महिला अधिकार र समानतालाई ब्यवहारमा लागु गर्न सकिन्छ।