

लौहपुरुष गणेशमान सिंहज्युको २८ औ स्मृति दिवस
नेपालका वरिष्ठ राजनीतिज्ञ , प्रजातन्त्रका अग्रदुत,आथिॅक क्रान्तीॅका प्रतिबध्द ब्यक्तित्व, तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डरको बारेमा आफुले बुझेको गणेशमान सिह ।
वर्तमान अवस्थामा गणेशमान सिहका विचारलाई कतै हामीले अनुसरण नगरेको हो ?
बामपन्थीहरुले गणेशमानलाई नसम्झेकोमा कसैले आश्चर्य मान्ने कुरा भएन तर विचारका कारणले भने प्रजातन्त्रवादीहरुले गणेशमान बिर्सनुलाई स्वाभाबिक मान्न नसकिने भयो ।
आज देशले फेरी गणेशमान सिंहको योगदानलाई सम्झदैछ
के गणेशमानले कल्पना गरेको नेपाल अहिलेको जस्तै हो वहाको विचारका पक्षमा उनका अनुयायीहरु वहाको विचारलाई अनुसरण गर्न लागेका छन् त ?
यो आजको समयले ति अनुयायीहरुसंग उत्तर खोजेको छ !
हिजो आजको इतिहास हो भने भोलि आजको भविष्य हो । हरेक व्यक्ति, संस्था वा राष्ट्रले हिजोको अवस्थाको विश्लेषण गरी आजको यात्राको प्रारम्भ गरी भोलिको योजना बनाउनु बर्तमान अवस्थाको समाधान कसरी गर्ने भन्ने सोचमा लागेका विचारक हुन् गणेशमान सिंह तर गणेशमान सिंहलाई बुझने काम उनकै अनुयायीहरुले त गरेका छैनन भने अरुले गर्न सकेन भनेर हामी चिन्ता लिनु पर्दैन । गणेशमानको त्यो समय यौवन अवस्था देखी बृद्ध अवस्थासम्म आफनो घर परिवार त्यागेर अमुल्य समयको पीडाबोधको साथ विताएका अनुभव बुझनेको पीडा हो ।
गणेशमान कुनै ब्यक्ति होइन यो त बिचारधारा हो
जहा आजको समाजलाई कता लैजाने भन्ने पीडा
रोपिएको थियो । जुन समाजको पीडाबोध अनुभूति थियो ।
नेपालमा रहेका सबै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक र भाषा भाषीको भाबना पनि थियो
तर गणेशमानको बिचारभनेको ” राजनिती भनेको समाजसेवा हो व्यापार होईन” तर नेपालको सत्तामा निरन्तर रहने अभ्यास गरेको एउटा बर्ग र समाजले राजनिती भनेको व्यापार हो भन्ने मुल्यमान्यतालाई आत्मसात गर्यो जुन इतिहासको लागी तीतो यर्थाथ हुन जान्छ ।
वर्त्तमान अवस्थामा गणेशमान सिहको फोटो टागेर औपचारिक माल्यर्पण गरेर मात्र उनको बिचारलाई सम्मान गरेको ठानिदैन त्यस्तो गतिविधी मात्र गर्नु भनेको हरेक प्रजातन्त्रबादीहरुले गणेशमानलाई भुलिरहेका छन त्यतीमात्र होइन उनीहरुले किसुनजीलाई पनि भुलेका छन् एउटा सामान्य औपचारिकतामा वी पी, गणेशमान ,सुबर्ण र किसुनजीलाई सम्झेर मात्र पुग्दैन । त्यसो त बी पी कोइराला गणेशमान सिह ,सुबर्ण शमशेर
कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि गिरिजा प्रसाद कोइराला , मंगला देवी सिह, शैलेजा आचार्य शुशिल कोइराला, धनमान सिह परियार , भिम बहादुर तामाङ, बल बहादुर राई , शेख इद्रिश, राम नारायण मिश्र, सुर्य नारायण दास यादव, प्रेमराज आड़देम्बे, द्रारिका देवी ठकुरानी, दिवान सिह राई, योगेन्द्रमान शेरचन, जमान सिह गुरूग, नोना कोइराला, खुम बहादुर खड्काका बारेमा केवल स्मृति दिवस मनाएर स्मरण गरेर मात्र अहिलेको समयमा उनीहरुप्रति न्याय गरेको ठानिनु हुदैन ।
नेपालमा लोकतन्त्रको लडाइमा वी• पी• कोइराला गणेशमान सिह, शुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराईको भूमिकालाई प्रजातन्त्रबादीहरुले जुन रुपमा उठाउनु पर्दथ्यो त्यो रुपमा उठाउन सकेका छैनन । कतै यो विचारको मर्म नबुझेको कारणले लोकतन्त्रबादीको कमजोरी त होईन । उनीहरुको बिचार बिश्वलाई नै परिबार मान्ने बिचार थियो जुन भारतको राममनोहर लोहियाको बिचार थियो ।
वी• पी• कोइराला, गणेशमान सिंह ,किसुनजी सुबर्ण शमशेर सी के प्रसाई र महेन्द्रनारायण निधिका नाममा देश भरि
धेरै जनजागरणका कामहरु गरेर आउने पुस्ताले पनि थाह पाउने अभियानमा लाग्नु पर्यो ।
आर्थिक क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा नेपालको पत्रकारितामा होस वा राजनीतिमा वर्तमान अवस्थामा
देश भरि राजनिती चेतना अगाडि बढ्नुका पछाडि गणेशमान सिंह लगायतका नेताहरुको भूमिका ठुलो रहेको छ । तर हामीले हाम्रा नेताहरुलाई आजको नयाँ पुस्तामा कसरी लैजाने भन्ने कुरामा बहस गरिरहेका छैनौं ।
समाज परिवर्तनको इतिहासमा त्यसलाई नेतृत्व दिने नेताहरुका बारेमा आजको पुस्ताले स्मरण गर्न सकेन भने
भोलिको पुस्ताले देशलाई नै भुल्न सक्छ । आज बी पी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई , गिरिजा प्रसाद कोइराला , महेन्द्रनारायण निधि, सी के प्रसाई लगायत नेताको स्मरण कुन रुपमा गर्ने ? नेपाली समाजले यो बहस अरुले नगरे पनि प्रजातन्त्रबादीहरूले गरिरहनु पर्छ ।
नेपाली राजनीतिको अहिलेको सबैभन्दा फोहोरी खेल के हो भने कुर्सीका लागि आफ्नो सिद्धान्त र विचारलाई जताततै सिधै बलि चढाइएको देखिन्छ । गणेशमान सिंहले जन्माएको कांग्रेस पार्टीका नेता तथा कार्यकर्तादेखि लिएर अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले गणेशमान सिंहबाट धेरै कुरा सिक्नुपर्ने हुन्छ राजनीतिका पात्रका रुपमा गणेशमानका बिचारलाई अनुसरण गर्दै ।
देश बिकासकालागि एजेण्डाहरुमा बहस गरु
केबल कुर्सीकालागि मात्र होइन भनेर। २०४६ सालको जनआन्दोलन तथा तत्कालिक राजाले प्रधानमन्त्रीको पद प्रस्ताव गर्दा भद्र तरिकाले अस्वीकार गर्ने गणेशमान सिंहको यो निर्णयमा हामी सबैले गौरव गर्न सक्ने सगरमाथाको देशमा एउटा गौरवपूर्ण राजनेता जसले राजनीतिको उदेश्य केवल शक्तिशाली प्रधानमन्त्रीमात्र होइन भन्ने कुरा नेपाली राजनीतिक इतिहासमा स्थापित गरिदिएका छन् ।
जसले आफु पछाडि हटेर भए पनि आफनो सहयोगी
कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर समयमा २०४७ सालको सविधान बनाए ।
नेपालको इतिहास पढ्ने भोलिका विद्यार्थीहरुले यो देशमा प्रधानमन्त्रीको पद अस्वीकार गर्ने नेताहरु पनि जन्मेका थिए भनेर भावी युवा पुस्ताले नेपालको इतिहास पढ्दा
नेपाली राजनीतिका यी पात्रहरुमाथि कति गौरव गर्लान् ?
यो नेपालको लागि एउटा सगरमाथा पछि अर्कौ गौरब गाथाको शान हो किनभने उनी नेपालका महात्मा गान्धी नै थिए
जसले बिना हतियार निरंकुशतालाई पराजित गरेका थिए । नेपालको इतिहासका एउटा गौरवपूर्ण गाथा हुनेछ वास्तविक अर्थमा उनी राजनीतिको दौडमा भाग लिए पनि पद नलिएका नेपालका गान्धी नै थिए ।
गणेशमान सिह र कृष्णप्रसाद भट्टराईबाट आजका नेताहरुले सिक्नु पर्ने कुर्सीका लागि मरिहत्य गर्ने होईन भन्ने विचार दर्शाए । तेति मात्र होईन वहाले धेरै पहिले उठाएको
नेपाल भनेको यहाँ बस्ने सबै जातजाति ,भाषाभाषी र भूगोलबासीको पनि हो भन्ने विचार दिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका नायकहरू वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मात्रिका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला,महेन्द्र नारायण निधि, मनमोहन अधिकारी, पुष्पलाल सीके प्रसाई , सरोज प्रसाद कोइराला , दिबान सिंह राई , योगेन्द्रमान शेरचन , राम नारायण मिश्र, परशुनारायण चौधरी गजेन्द्रनारायण सिंह भीम बहादुर तामाड धीर बहादुर गुरुड दुर्गानन्द झा लगायतका धेरै ज्ञात अज्ञात शहीद र राजनेताहरुको भूमिका रहेको छ यिनीहरु इतिहासका सम्मानित पात्रहरु हुन । तर हामीले हाम्रा नेताहरुलाई आजको नयाँ पुस्तामा कसरी लैजाने भन्ने कुरामा बहस गरिरहेका छैनौं जुन आजको ठूलो कमजोरी पनि हो ।
एउटा युवाहरुको जमातले बुझनु पर्ने कुरा के हो भने गणेशमान सिंह सबै नेपाली नागरिकका नायक थिए उनी कूर्सीको खेलका खेलाडी थिएनन तर देशले आज पनि उनलाई बिर्सन सकेको त छैन तर उनको बिचारलाई सही अर्थमा बृुझने पुस्ताको भने आज अभाव भएको देखिन्छ । गणेशमान सिंहका बारेमा कतिपयले नजिकबाट बुझेर धारणा बनाउने गरेका छन् भने कतिपयले नबुझेर प्रतिक्रिया दिने गरेका छन् ।
जसले बुझेर आफ्ना धारणा बनाउने गरेका छन् उनीहरु गणेशमान सिंहको निजी जीवनबाट धेरै प्रभावित छन् । गणेशमान सिंहको जीवनबाट नेपाली कांग्रेसका कार्यकर्ताहरुले कति सिक्न सके ? कति सिक्न सकेनन् ? त्यो त अहिले नै विश्लेषण गर्ने समय भइसकेको छैन ।
जसले नेपाली जनताको क्रान्तिले दिएको प्रधानमन्त्री पद अस्वीकार गरेर आफनो सहयोगीलाई दिएको थियो । किनकी गणेशमान सिंहलाई जुन बेला प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको थियो । त्यसलाई समेत सहज रुपमा अस्वीकार गरेर नेपाली राजनीतिमा एउटा त्यागको इतिहास राजनेताका रुपमा गणेशमान सिंहले स्थापित गर्नु भएको थियो । त्यसकारण जनतालाई अधिकार सम्पन्न बनाउनका लागि गणेशमान सिंहको एउटा मात्र लक्ष्य देखिन्छ ।
राणा शासन हटाउनका लागि उनले गरेको त्याग र बलिदान केबल यी साधारण पंक्तिहरुमा उल्लेख गर्न सकिदैन । उनले राणा शासनपछिका तीनवटा राजासँग संघर्ष गरेको कुरा इतिहासकारहरुले कसरी सुरक्षित गर्लान् ? त्यो त अहिलेका लागि इतिहासकारहरुलाई नै छाडि दिउ यद्यपी नेपाली जनताले गणेशमान सिंहको इतिहासलाई देशले जन्माएको एउटा लौहपुरुषका रुपमा स्मरण गर्ने छन् । हिजोका गणेशमान कसैसंग झुकेनन र अगाडि बढे बढिरहे । यद्यपी दुःखको कुरा उनका अनुयायीहरुले यो कुरालाई बुझ्न सकेनन् । त्यसैले जीवनको अन्तिम क्षणमा उनी अरुसँग होइन् आफ्नै भन्ने सँग पनि असन्तुष्ट रहे ।
एउटा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने नायकले देशमा आर्थिक तथा सामाजिक क्षेत्रमा क्रान्तिको आवश्यकता महसुस गरेका थिए । तर पीडाको कुरा के भने देशमा जातीय सद्भाव लगायत आर्थिक क्रान्तिका कुरालाई महत्व दिइएन जसको परिणाम हाम्रा अगाडि छर्लङ्ग छ । नेपाली समाजका जात जाती र भाषा भाषी सबै भूगोलका नेता थिए ।
उनी हिमाल देखि तराइसम्म सबैका नेता भए आज समयले गणेशमान जस्तै राजनेता खोजिरहेको छ जसले देशलाई नै परिवार ठानोस परिवारलाई देश होइन । के देशले गणेशमान जस्तै दृष्टिकोण भएको पदको लोभ नगर्ने देशको सामाजिक राजनीतिक आर्थिक एजेन्डाका बारेमा चिन्तित नेताहरुलाई भेटाउला ? यो प्रश्नको जबाफ समयले नै दिनेछ । आजको गणेशमान ब्यक्ति पूजाको पात्र होइन बिचार पुजाको नायक हो त्यसैले गणेशमान सिहलाई एउटा राजनेताकारुपमा होइन बिचारक रुपमा स्मरण गरौं । जसले जेलका यातनालाई जनताको मुक्तिकालागि समर्पण गरिरहयो ।
नेपाली राजनीतिमा गणेशमान सिंहको भूमिका कति प्रभावकारी रहयो भन्ने कुरा त सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा गरिएको २०४६ सालको जनआन्दोलनले नै देखाएको छ।
तर त्यसबेला गणेशमान सिहले २०४६ साल चैत्र२७ गते काठमाडौको खुल्लामन्चको विशाल आमसभामा वहाॅले भन्नु भएको थियो कि जनआन्दोलन सफल भयो । राजनीतिक क्रान्ति भयो जनताको अधिकार प्राप्त भयो । तर प्राप्त गरेको अधिकारको संरक्षण र संवर्धन गर्नको लागी आर्थिक क्रान्ति र सामाजिक क्रान्ति आवश्यक रहेको विचार राख्नु भएको थियो । त्यसकारण लौहपुरुष गणेशमान सिंहज्युको २८ औ स्मृति दिवसमा ।
गणेशमान सिंहका बारेमा भन्नु पर्दा आजको राजनीतिक पुस्ताले धेरै अनुसन्धान गर्न बाँकी छ गणेशमान सिंह कुनै सामान्य मान्छे होइन उ एउटा युगको विचारक पनि हो भन्ने कुरा स्थापित नभएसम्म नेपाली राजनीतिले ठीक बाटो लिन सक्दैन तसर्थ नेपाली राजनीतिकर्मीले वहाको विचारलाई अनुशरण गरेमा वहा प्रति सच्चा श्रद्धान्जली हुने छ।