तिहार चाड: नाम एक, मनाउने विधि अनेक

Logo
राजेश कुमार सरदार प्रकाशित बिहिबार, कार्तिक ०६, २०८२

तिहार उज्यालोको पर्व हो, जुन असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ। यो नेपालमा व्यापक रूपमा मनाइने प्रमुख राष्ट्रिय चाड हो। तिहारलाई दीपावली, सुखरात्री वा सुखशान्तिको पर्व पनि भनिन्छ, र देशका विभिन्न भागहरूमा यसलाई पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म मनाइने पाँच दिने विशेष पर्व नै तिहार हो।

काग तिहार

काग तिहार तिहार पर्वको पहिलो दिन हो, जसलाई यमपञ्चकको प्रारम्भिक दिन पनि भनिन्छ। यस दिन कागको पूजा गरेर उसको सम्मान गरिन्छ। हिन्दू धर्मअनुसार कागलाई मृत्युका दूत वा खबरवाहकका रूपमा मानिन्छ, त्यसैले कागलाई खुसी राख्दा घरमा शुभ समाचार आउने र अनिष्ट टर्ने विश्वास गरिन्छ। बिहानै घरका छानामा वा आँगनमा चामल, अन्न, मिठाई र परिकार राखेर कागलाई बोलाइन्छ।

कुकुर तिहार

कुकुर तिहार तिहार पर्वको दोस्रो दिन हो, जसलाई अत्यन्त श्रद्धा र सम्मानका साथ मनाइन्छ। यस दिन कुकुरलाई धर्म र सुरक्षासँग सम्बन्धित निष्ठावान जीवका रूपमा पूजा गरिन्छ।
हिन्दू धर्मग्रन्थहरूमा कुकुरलाई यमराजका द्वारपालको रूपमा उल्लेख गरिएको छ, जसले सत्य र न्यायको रक्षा गर्छ। त्यसैले यो दिन कुकुरको प्रतीकात्मक रूपमा पूजा गरी उसको निष्ठा र सेवाभावप्रति कृतज्ञता प्रकट गरिन्छ। मानिसहरूले कुकुरलाई माला लगाएर, टिका लगाएर र स्वादिष्ट परिकार खुवाएर सम्मान गर्छन्।

लक्ष्मी पुजा

लक्ष्मी पूजा तिहार पर्वको तेस्रो दिन हो, जसलाई सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाइन्छ। यस दिन धन, समृद्धि र सौभाग्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार लक्ष्मी देवी घरमा उज्यालो, सफाइ र भक्तिभाव मन पराउँछिन्, त्यसैले यो दिन घर, पसल र कार्यालयहरू दीप, बत्ती र रङ्गोलीले सजाइन्छ।
साँझपख लक्ष्मीको मूर्तिको पूजा गरी धनधान्य र समृद्धिको कामना गरिन्छ। परिवारका सदस्यहरू एकत्र भई पूजा गरेर दीप बाल्छन् र घरका सबै कोठामा उज्यालो फैलाउँछन्, जसले अन्धकार र दु:ख टार्ने प्रतीक जनाउँछ। लक्ष्मी पूजाले श्रम, सत्यता र स्वच्छताबाट प्राप्त हुने समृद्धिको सन्देश दिन्छ।

गोवर्धन पूजा

गोवर्धन पूजाको मुख्य उद्देश्य प्रकृतिप्रति सम्मान, कृषक जीवनमा समृद्धि र सुरक्षा सुनिश्चित गर्नु हो

यसरी, गोवर्धन पूजा धार्मिक श्रद्धा मात्र नभई प्रकृति, पशु, गोरु र मानवबीचको आदर, सहअस्तित्व र कृतज्ञताको प्रतीक पनि हो।
गाई र गोरु पूजा तिहार पर्वको एक महत्वपूर्ण दिनमा मनाइन्छ, जसलाई गोवर्धन पूजासँग जोडेर पनि मनाइन्छ। गोरुलाई हिन्दू धर्ममा पवित्र जनावर मानिन्छ, किनकि यसले कृषक जीवनमा महत्वपूर्ण भूमिका खेल्छ।
गोरुले खेतमा हल तान्ने काम गर्छ, गोबर र मल प्रदान गर्छ, गाई दूध दिने माध्यम पनि हो, जसले कृषक र ग्रामीण जीवनको आधार तयार पार्छ।

गोरु पूजाको मुख्य उद्देश्य कृषि जीवनमा योगदान दिने गोरुप्रति कृतज्ञता प्रकट गर्नु हो।
यस दिन गोरुलाई माला, टिका र स्वादिष्ट खाना खुवाएर सम्मान गरिन्छ।
गाई र गोरु पूजा केवल धार्मिक क्रिया मात्र नभई प्रकृति र कृषि जीवनको महत्व सम्झाउने अवसर पनि हो।

भाइटिका

भाइटीका तिहार पर्वको पाँचौं र अन्तिम दिन मनाइन्छ, जसलाई भाई–बहिनीको पर्व पनि भनिन्छ। यस दिन बहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सुरक्षा कामना गर्दै टिका लगाउने र माला हाल्ने परम्परा पालन गर्छिन्।

भाइले पनि आफ्नी बहिनीलाई उपहार र सम्मान दिन्छन्, जसले भाई–बहिनीबीचको स्नेह र पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ।
यो पर्व केवल धार्मिक क्रिया मात्र नभई पारिवारिक सम्बन्ध, प्रेम र आदरको प्रतीक हो।

कथाहरू

कुनै समय बैज्ञानिक बिश्वकर्माको यमराज र यमुना नामका नाति नातिना थिए । विश्वकर्माले नै रावणको लंका र श्रीकृष्णको द्वारिका र इन्दप्रस्थ निर्माण गरेका थिए ।

बिश्वकर्माका तीन जना छोरीहरु थिए । रिद्धि, सिद्धि र संम्जना । रिद्धि, सिद्धिको विवाह शिव पार्वतीको छोरा गणेशसंग भएको थियो । अत्यन्त सुन्दरी सम्जनाको हात माग्न भने सूर्य भगवान आएको थियो । सूर्य भगवान आएको बेला तेज प्रकाशले सम्जनाको आँखा नै अन्धो बनाई दियो ।
पाहुना आएको बेला पाहुनालाई सत्कार गर्नु पर्ने ठाउँमा आँखा बन्द गरेकोमा रिसाएका सूर्यले सम्जनालाई श्राप दियो । कि तिम्रो यस्तो छोराको जन्म हुनेछ जुन सम्पूर्ण मानिसहरुको लागि मृत्यूको कारण बन्नेछ । तर सम्जनाले अनादर नगरेको बरु सूर्यको तेज प्रकाशको कारणले आँखा बन्द गर्नु परेको सुनाइन ।

त्यस पछि खुशी भएका सूर्यदेवले सम्जना जस्तै सुन्दर र ठूलो ह्रदय भएकी छोरीको जन्म हुने बरदान दियो । यस प्रकार छोराको रुपमा यमराज र छोरीको रुपमा यमुनाको जन्म भयो । सम्पूर्ण मानिसहरुको मृत्यूको जिम्मा लिएका यमलोकमा रहेका यमलाई आफ्‌नो बहिनी यमुनालाई भेट्ने कहिल्यै फूर्सद भएन । नदिको रुपमा धारण गरेकी बहिनी यमुनाले दूतको रुपमा कागलाई पठाए । यमराज भैसी चढेर आएको देख्दा यमुना भयंकर खुशी भईन् र भव्य स्वागत, सत्कार गरिन । यमले आफ्‌नो बहिनीको घरमा अझ केही दिन बस्नु परेको खबर गर्न दूतको रुपमा कुकुरलाई यमलोकमा पठाए । त्यसै गरिकन देवी लक्ष्मीलाई पनि यमराजसंग भेटनु पर्ने थियो । र उनी आफ्‌नो बहिनी कहाँ बसेको खबर पाइन् । आफू यमसंग भेटन चाहेको सन्देश पठाउन उनी दूतको रुपमा गाईलाई पठाइन् । लक्ष्मी आउने खबरले यमुनाले लक्ष्मी र गाईलाई पनि भव्य स्वागत गरिन ।

यमराजले यमलोक जाने सुनाएपछि यमुना मानिनन् । अन्तमा उनी यमलाई टिका लगाई बिदा गरिन् । खुशी भएका यमले बहिनी यमुनालाई बरदान माग्न आग्रह गरे । यमुना जसको भाइ बिरामी परेको थियो उसको लामो र स्वस्थ जीवनको लागि प्रार्थना गरे । जब मृत्युका देवता यमले आफ्‌नो भाइलाई आफ्‌नो साथमा लिन आए, उनले आफ्‌नो भाइको पूजा गर्न केही पटक बिन्ती गरिन । यसरी तिहारको पाँच दिनलाई ‘यमपञ्चक’ भनिन्छ अर्थात यमराजको बहिनीको घरमा पाँच दिनको बसाईलाई सुखरातको रुपमा पनि जनाउँछ ।

हिन्दु पौराणिक मुख्य कथाहरू मध्येमा, दीपावली भगवान राम, उनकी पत्नी सीता र भाइ लक्ष्मण १४ वर्षको निर्वासन पछि आफ्‌नो मातृभूमि फर्केको दिन हो । दानव राजा रावणलाई परास्त गरेका रामको लागि गाउँलेहरूले बाटोमा दीप जलाइ खुशियाली मनाए ।
सत्यगुगको कुरा हो पृथ्वीमा बली राजा बडो प्रतापी र दानी थियो । उनको प्रतापी देखेर इन्द्र भगवान पनि डराएका थिए । राजा बली यमलोकको राजा ५ दिन बिदामा बसेकाले भगवान बिष्णुले राजा बलीलाई यस ३ लोकमा ५ दिन शासन गर्न बरदान दिएका थिए ।

भगवान बिष्णुले बालक ब्राहमणको रुप धारण गरि भिक्षा लिन ३ पाइला जमिन मागेका थिए । बली दानी थिए ।
उनी बिराटरुप धारण गरेका ब्राह्‌मण बालक लाई एक पाइला पृथ्वी , दोस्रो पाइला आकाश र तेस्रो पाइला बलीको ठाउँको राख्दा बलीलाई पताल पुर्याई दिएका थिए । राजा बलीले पृथ्वीमा बर्षमा एक पटक कार्तिक त्रयोदशी देखि ३ दिनसम्म सम्म राज गर्न अन्तिम पटक बरदान मागेको सम्झनामा दिपावली गर्ने चलन आएको जन विश्वास रहि आएको छ । हिन्दू पौराणिक कथामा अर्को दिवाली कथा छ । भगवान कृष्णले राक्षस नरकासुरलाई परास्त गरेर आफ्‌नो राज्यका मानिसहरूलाई मुक्त गरेका थिए । उनले दानवको वध गरेपछि भगवान कृष्णले यसलाई उत्सवको दिन घोषणा गरे ।

परम्परा र संस्कृतिसँगै थारुहरूले मनाए सुकरात

सुकरात थारु समुदायको महान चाँड हो । उनीहरु बोलीचालीको भाषामा सुखरातलाई सुकरात भन्ने गरेका छन् । तर खासमा यो पर्व भनेको सुखको रात हो । सुखको रात भएकोले नै सुखरात भनिएको हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । जुन माटाको बत्ती, पीठोबाट बनाइएका दिया र मैनबत्ती प्रयोग गरी मनाइन्छ ।

हाकीहुँका

यस दिन गाईको गोबरले घर–आँगन लिपपोत गरी र गहुँ छर्की घरलाई पवित्र बनाउने चलन छ।
गाईको गोबरले लिपपोत गरेर र गहुँत छर्की घर पवित्र बनाइन्छ।

यस दिन बिहान देखी तीनवटा सँठी बाँधी धानबाली जति उचाइ बराबरको टुक्रा पारी टुप्पोमा चौकोन आकारमा खरले बाँधीएको लठी तयार पार्दछन् जसलाई टेकठी भन्ने गर्दछन।

ग्रामथान धनी गाउँ बस्ने शिवनारायण चौधरीका अनुसार विभिन्न ग्रामदेवि देवता, टाड टडुवार, डिहिवार, डिहिवारनि, जलकुमारी को नाममा, घरको छानोमा, कलमा, खेतमा चढाउने परम्परा रहेको छ। र आजकै दिन देखि खसी सुँगुर काटी खाने चलन रहि आएको छ।

बेलुका साँझ पख थारु युवाहरु हाँकीहुँका खेल्ने गर्दछन् । हॉकीको अर्थ चल्नु वा चलाउनु भन्ने अर्थ लाग्दछ भने हुकाको अर्थ उका अर्थात आगोको ज्वाला हो ।यस कार्यमा सँठीको मुठोमा प्रयोग गरिने आगोको ज्वाला हुने भएकोले यसलाई हाकिहुका भनिएको हो । साँझको समयमा धानबाली भएको खेतमा हाकिहुका खेल्ने गर्दछन्।

अर्थात् यसको अर्थ हुन्छ, धान बालीमा कुनै पनि किसिमको रोग व्याधि नलागोस । राम्रो फलोस फूलोस भनि कामना पनि गर्ने गर्दछन् । हाकिहुँका भनेको सन्ठीको मुठो बनाउँछन् ।

सन्ठीको मुठोलाई देवाडी (एक प्रकारको खर)ले बाँधेको हुन्छ । त्यही सन्ठीको मुठोमा बेलुका आगो लगाई आ आफ्‌नो बालीनालीको वरिपरि घुम्दै राम्रो फसलको कामना गर्दछन् ।

दौडदै, उफ्रदै आवाज पनि निकाल्दै गर्दछन् । त्या आवाज भनेको “हाकिहुँका रे ! छोट बोड सैर हो ! हमर धान सयर हो सयर हो’’ भनेको धान बाली राम्रो होस् भनि कामना गर्दछन् । सन्ठीको मुठो अर्थात हकिहुँका जलि सकेपछि अन्तिममा बचेको मुठो एकै ठाँउमा भेला पारी आगो लगाई दिन्छन् । हकिउँकाबाट बालीमा लाग्ने कीरा जलेर मर्दछ । र कुनै किसिमको रोग लाग्न दिदैन भन्ने जन विश्वास छ ।
यस दिन विभिन्न मिठाई, ऐना, काइयोे, तेल, सिन्दुर, पान, सुपारी, फूल चढाएर पूजा आजा गर्दछन् । रातको समयमा धनको स्वर्गीय प्रकृति लक्ष्मीले सफलता र समृद्धिलाई स्वागत गर्न प्रवेशद्वार र झ्यालहरूमा पीठोबाट बनेको बत्ती दियो वा मैनबत्ती बालेर कृतज्ञता व्यक्त गर्दछन् ।

पखेव

यस दिनलाई थारुहरु पखेव भन्दछन् । पखेव भन्नाले ओखलमा काँचो धानको मुठो, पान, सुपाडी, बेसार, पिपरा एकै ठाउँमा मिसाई पखेव बनाउँदछन् । यो भनेको गोरुलाई दिने एक किसिमको खानाको परिकार हो । पखेवलाई जडिबुटीको रुपमा पनि हेरिन्छ ।
थारुहरु यस दिन गाईको सिंगमा तेल लगाई दिने गर्छन् । र गाईलाई दिन मिठो मिठो खानेकुरा नुन र घाँसको रुपमा काँचो धानको सिंगो बोट खानको लागि पान सुपाडीले निम्तो दिने चलन छ ।

बिशेष गरि बिभिन्न जडिबुटी मिश्रित गाई गोरुलाई खुवाउने चलन छ । किनकि गाई, गोरु लाई अन्नको दाता मान्दछन् । बर्ष भरि हलो जोति अन्नपानी भरिपूर्ण गरि दिने दाताको रुपमा मानिन्छ । त्यति मात्र नभई गोरुलाई उपयोगी र विश्वासयोग्य जनावरका रूपमा हेरिन्छ । खेत जोत्न र गाडाहरू तान्न गोरुको प्रयोग गरिन्छ र यसलाई भगवान शिवको वाहनको रुपमा पनि चिनिन्छ ।

यस दिन बिहानै उनीहरु हलो, जुवा, झ्याल, ढोका, कोदालो, ओखल, मुसली खुर्पी, हसिया लगायत अन्य कृषि जन्य सामग्रीको धोइ पखाली आँगनमा रहेको लितपोत गरिएको देवता घर गोसय घरमा राख्ने गर्दछन् । देवता घरमा राखिएका सामग्रीहरुमा बगीया, तेल, चामलको पिठो, सिन्दुर, लगाई पूजापाठ गर्दछन् ।

गोडि पूजा

गोठमा धानकै मुठोे वा गोबर बाट गोही पनि बनाउँछन् । गोबरउक्त गोहीलाई घिरौलाको फूल, दुवो, अण्डा, पिठो, धान र रक्‌सी चढाएर पूजा गर्दछन् ।

गोठमा दूध दिने गाई बाँधिएको ठाउँमा खम्बा मुनि हाँसको अण्डा चढाउँछन्। कसै कसैले हाँसको बलि दिन्छन्। थारु लेखक राम सागर चौधरीका अनुसार गागीपूजा पाठ गरि सकेपछि केटा केटीहरुले २ वटै गोहीलाई लठीले हिर्काएर मार्दछन् कि गोहीले किसानले उब्जाएको बालीमा कहिल्यै हानी नगरोस् ।

धानको मुठोबाट भखारी बनाउँदछन् । उक्त भखारीमा बाँसी भात राख्छन् । बर्ष भरि पुग्ने अन्नबाली धान सधै झै भरि भराव रहोस ।
हलोजन्य सामग्रीको आदर सत्कार स्वरुप बेलुका पूजापाठ गर्दछन् । बेलुका पख दूध दिने गाईको पुजा गर्दछन्। घरमा काम गर्ने नोकर र नोकरले बोक्ने लठि सहित उनको पुजा गर्नें गर्दछन्। केरा सहितको पैसा पनि भेटी चढाउने गर्दछन।

खिलन भोरे

गोडी पूजाको भोलिपल्ट गृहिणी थारु महिलाहरू वर्षभरि ३६५ दिन घरेलु काममा व्यस्त रहने भएकाले सो दिनलाई फुर्सदको दिनका रूपमा मानिन्छ। त्यस अवसरमा उनीहरूले खेतबारीमा गएर आफूले लगाएका अन्नबाली — विशेषतः धानबाली — अवलोकन गर्ने परम्परा रहिआएको छ। यही कारण गाउँमा कोही महिला खिलन भोरे गएको कुरा सुन्दा ‘अन्नबाली हेर्न बादतिर जानुभो’ भन्ने भनाइ प्रयोग गरिन्छ।

जमजितिया र तमजितिय

जमजितियाका दिन दाजुभाई दिदी बहिनीको घरमा जाने चलन थियो। दिदी बहिनीले दाजु भाई लाई बोलाई आदर, सत्कार गर्ने चलन थियो भने तमजितियाको दिन छोरी माइत जाने चलन थियो । तर खासमा थारुहरुको जनजिब्रोमा यमको ठाउँमा जम भनेर उच्चारण गर्दछन् ।
द्वितीयाको ठाउँमा जितिया भनेर भन्ने गर्दछन अर्थात यमद्वितीयाको ठाउँमा जमजितिया र यमतृतीयाको ठाउँमा तमजितिया भनी बोल्ने गर्दछन् । खासमा द्वितीया र तृतीया तिथिमा यमराजलाई बहिनी यमुनाले भव्य स्वागत गरेको टिका लगाएको क्षण र रात हो ।
यस दिनसम्म यमराज आफ्नी बहिनी कहाँ बसेका हुन्छन् भन्ने विश्वास रहेको छ। त्यसैले थारु समुदायका मानिसहरू यो दिनलाई उत्सवका रूपमा मनाउँदै बहिनीकोमा गएर आशीर्वाद लिने र दिने परम्परा पालन गर्छन्। दाजुभाइ र बहिनीबीच आशीर्वाद र खुसी साटासाट गर्ने यो अवसरलाई आपसी स्नेह र आत्मीयताको प्रतीक मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]