बीपी कोइरालाका सिद्धान्त, विचार, आदर्श र दृष्टिकोणहरू आज पनि सान्दर्भिक छ l उनको सान्दर्भिकता मानवकेन्द्रित दर्शनमा आधारित छ । उनका सिद्धान्तहरू अहिले पनि युगान्तकारी नै छ l जसले देशको अवस्था र व्यवस्थामा स्वस्थ र स्वच्छको राजनीतिक बाटो देखाएको छ l राजनीतिक सिद्धान्त भन्दा पनि व्यवहरिक राजनीतिक स्थापित गर्नु मूल कुरा हो l जसले राजनीतिक प्रणालीलाई बलियो बनाउने दुरदर्शिता बोकेको छ l बिपीको देश र समाजप्रतिको चिन्तन आजको परिस्थितिमा पनि बिचलन छैन l कतै पनि डगमगाएको देखिदैन l बीपीको समाजबादमा समानता, न्याय, स्वतन्त्रता र पारदर्शिता स्थायीत्व दिन जेन-जी पुस्ताको माग न्यायसंगत देखिन्छ l यसले बीपीको दुरदर्शिता र दृष्टिकोणमा थप उर्जा दिने कार्य गरेको छ l जेन-जी आन्दोलनको उपलब्धीहरु बीपीका समाजबादका आधारहरु हुन् l यसले समाजबादका मुलधारलाई बैचारिक रुपमा बलियो बनाउने कार्य गरेको छ l उनको दर्शनले जेन-जी पुस्ताको मागहरुलाई अराजकको सट्टा जिम्मेवार राजनीतिक व्यवस्था भित्र समाधान गर्ने बाटो देखाउन खोजिएको छ l जसले गर्दा जेन-जीले बिपीको समाजबादमा डिजिटल प्रबिधि र समाबेशी चेतना थपेर यसलाई बढी सन्दभिर्क बनाउन खोजेको छ l
बीपीले अँगालेको प्रजातान्त्रिक समाजवाद आज पनि सान्दर्भिक छ l उनीहरु पुजिबादको समृद्धि र साम्यवादको समानता दुवै चाहन्छ l तर उनीहरुले स्वतन्त्रता कुनै हालतमा गुमाउन चाहदैनन l त्यसैले, बीपीको समाजबादको आर्थिक न्याय र लोककल्याणकारी राज्यको अवधारणा अहिले पनि उनीहरुको लागी महत्वपूर्ण छ l तर यसको व्यवहारिकरुपमा कार्यन्वयन हुन् सकेको छैन l जसले गर्दा उनीहरु निराश छन् l उनीहरुले पुँजीवाद र साम्यवाद दुवैको अतिवादलाई अस्वीकार गरेका छन् l जसले गर्दा राज्यले नागरिकको मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धालाई सुनिश्चिता गरेको छ । यसले व्यक्तिलाई राज्यको नियन्त्रणबाट जोगाउँछ, जुन साम्यवादको अतिवादमा खतरा हुन्छ । यिनै स्वतन्त्रतालाई दुरुपयोग हुनबाट रोक्न लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन आवश्यक छ l
बीपीको समाजबाद र प्रजातन्त्र साध्य हो भने अहिंसात्मक आन्दोलन र मेलमिलापको नीति साधनको रुपमा लिएको छ l यी दुवै एकअर्काका परिपुरक हुन् l यसले आर्थिक समानता र स्वतन्त्रता हासिल गर्ने प्रयास लोकतान्त्रिक र शान्तिपूर्ण माध्यम बाटै हुनुपर्छ । हिंसात्मक क्रान्ति अर्थात् जुन साम्यवादीमा अतिवाद हुन्छ, यो अस्वीकार हुन्छ । यसैगरी, जेन-जी पुस्ताले साधनको रुपमा शान्तिपुर्ण आन्दोलन गर्यो l तर अराजक तत्वहरुको घुसपैठले अहिंसात्मकरुप लियो l जसले गर्दा सार्वजनिक सम्पति र जनधनको क्षति हुन् पुग्यो l यस्तो अराजक गतिबिधि बीपीको समाजबाद र प्रजातन्त्र होइन l चरमबादले साध्य र साधन धुमिलिएको छ l यी दुवै बिच सन्तुलन छैन l तर पनि नेपाली राजनीतिमा यी दुवै बिचको सम्बन्ध कमजोर भएकोमा जेन-जी पुस्ताको ठुलो चिन्ता छ l
यो दुबैको सन्तुलनले स्वतन्त्रतालाई आर्थिक न्यायको साधन बनाउने र आर्थिक न्यायलाई लोकतन्त्रको आधार बनाउने दृष्टिकोणबाट स्थापित गरिनु पर्छ । जेनजी पुस्ताले २१ औं शताब्दीका जटिल समस्याहरूको लागि मौलिक र प्रगतिशील खोज्ने कार्यमा एक शक्तिशाली र अपरिहार्य साधनको रुपमा लिएको छ l यो पुस्तासँग बिशेष गुण र डिजिटल क्षमताहरुका कारण उनीहरु परम्परागत समाधान भन्दा बाहिर निस्केर प्रतिभा देखाउन सक्छन l
समाजबादमा जेन जी पुस्ताको जोड
आज विश्वव्यापी रूपमा बढ्दो गरिबी र धनीबीचको खाडल देखिएको छ l यसले विश्व समाजमा हिंसा, अत्याचार, अपहरण, आतंकबाद लगायतका गतिविधिहरु बढ्दै गएको छ l नीति र विधिको आडमा यिनै अपराधिक गतिविधिहरु भैरहेको अवस्था छ l बिशेषगरी, विकशन्मुख देशहरुमा वर्गीय द्वन्द बढ्दै गएको छ l बिभिन्न देशहरुमा लोकतन्त्र र समाजबादको खोल ओढेर आधुनिक तरिकाबाट आन्दोलन गर्दै आएका छन् l जुन आन्दोलन हरु शान्तिपूर्वक छैनन् l हिंसात्मक आन्दोलनहरु देखिदै आएको छ l यसले समाजलाई सम्यबाद तिर लादै छ कि भने चिन्ता हामी बिच छ l हालै कार्तिक २३ र २४ भएको जेन जी आन्दोलन शान्तिपूर्वक गर्न खोज्दा खोज्दै हिंसात्मक रुप लिएको थियो l जसले गर्दा हालसम्म ७५ जना सम्मको स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार मृत्यु भएको देखिन्छ l यी अमर सहिदहरुको त्याग र योगदानबाट बीपीको समाजबादलाई सशक्त बनाउन खोजिएको छ l जसले नागरिकको विकास र समृद्धका लागि परिवर्तनको खोज गर्ने गर्दछ l अटल परिवर्तको खोज समाजबाद भित्र हुने गर्दछ l समाजबाद यथास्थितिमा रहन सक्दैन l यो परिस्थिति अनुसार नागरिकको चाहना र भावनासंगै बाटो तय गर्दछ l तसर्थ अहिले जेन-जी पुस्ताको सुशासनको मुद्दा समाजबादसंग जोड्न सकिन्छ l
यो आन्दोलनबाट थुप्रै निजि र सरकारी धन जनहरुको क्षति भएको छ l यसले विकास भन्दा बिनाशको बाटो तिर लग्न खोजिदै छ l नागरिकको रक्षा र सम्पतिको सुरक्षा प्रत्याभूति छैन l तसर्थ देशहरुलाई बीपीको सम्पत्तिको न्यायोचित वितरण अवधारणाले देश र नागरिकलाई समाधान दिन सक्छ ।
डिजिटल युगमा फैलिएको झूटा सूचना ध्रुवीकरण र निरंकुशताको खतरा बढ्दै गएको छ l सामाजिक संजालको दुरुपयोग गरेर गलत समाचार र अफवाह फैलाउदै आएका छन् l साइबर क्राइमका नियम पालना भएको देखिदैन l जसले गर्दा समाजमा गलत मनोबैज्ञानिकको विकास गराएको छ l यस्तो कुरा गहिरिदै गएर समाज दिगभ्रमित हुदै गएको छ l यस्ता स्वतन्त्रतालाई नियमक गर्दै लैजानुपर्छ l चरम अभिव्यक्ति स्वतन्त्रता नियमक गर्नु नै समाजबाद हो जस्तो मलाई लागेको छ l तसर्थ जेन-जी पुस्ता पनि बीपीको लोकतन्त्रप्रतिको दृढ बिश्वास र आस्थावन छन् l जसले गर्दा उनीहरु निडररुपमा अभिव्यक्ति दिने गर्दछ l
बीपीको समाजबादलाई डिजिटल युगको विकाससंगको परिकल्पना गरिएको छ l जसले गर्दा अहिले मानव दर्शन संग केन्द्रीत छ l तर उहा तानाशाही कम्युनिष्ट समाजबाद वा पुजिबाद दुवैको बिरुद्धमा अडिक रहनु हुन्थियो l जसले गर्दा मानवीय मर्यदालाई सशक्त रुपमा कायम राख्नु भयो l यसले व्यतिगत स्वतन्त्रता सम्मान गर्नु पर्छ भने मान्यतालाई जोड दिइएको छ l
बी.पी.को प्रजातान्त्रिक समाजवादका मुख्य पक्षहरु जेन-जी पुस्तासँग
बी.पी.को समाजवाद पुरानो अवधारणा होइन । यो एक मार्गदर्शक सिद्धान्त हो, जसमा जेन-जी आन्दोलनले नबिन उर्जा र उत्साह थपिएको छ l जसका मुख्य पक्षहरुलाई जेन-जी पुस्तासंग जोड्न सकिन्छ l यसले न्यायपूर्ण र समृद्ध समाजको निर्माण गर्न मदत पुर्याउछ ।
• डिजिटल युग र उत्पादनमुखी समाजवाद
बी.पीले समाजबादमा स्वदेशी उत्पादन र आत्मनिर्भरतामा बिशेष जोड दिनुभएको छ । जसले गर्दा जेन-जी पुस्ताले डिजिटल प्रविधि र सूचनाको प्रयोग गरी यो विचारलाई नयाँ उचाइमा पुर्याउन खोज्दै छन् l डिजिटल उत्पादन (डिजिटल कन्टेन्ट, सफ्टवेयर, एप्स) र डिजिटल उद्यमशीलता (ई-कमर्स, फ्रीलान्सिङ) लाई प्रोत्साहित गरेर उत्पादनको दायरा फराकिलो बनाउन सकिन्छ । जसले गर्दा युवाहरूलाई परम्परागत उद्योगमा मात्र सीमित नभई आधुनिक क्षेत्रमा पनि रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ ।
• समता र सामाजिक न्याय
बी.पी. कोइरालाले सामाजिक न्याय र असमानता हटाउने कुरामा जोड दिनुभएको छ । जेन-जी पुस्ताले जात, धर्म, लिंग, वा क्षेत्रमा आधारित विभेदमूत्त समाज निर्माण गर्न चाहन्छन l उनीहरुले मानबिय आदर्श स्थापित गर्न चाहन्छन l उनीहरु समतामुलक समाज निर्माण गर्न चाहन्छन l उनीहरु प्रविधिको प्रयोग गरी समाजमा भएका गरिब, बेरोजगारी र स्वास्थ्य-शिक्षामा रहेको असमानता लगायतका समस्याहरु न्यूनीकरण गर्न खोज्दै छन् l जसलाई उजागर गर्न जेन-जी आन्दोलनले बल दिएको छ,र त्यसको समाधानका उपायहरु खोज्न सक्छन l
• आत्मानिर्भरता र विश्वव्यापीकरण
बीपीको आत्मनिर्भरताको आधार नै मूल अर्थलाई बलियो बनाउनु हो l यसमा स्थानीय श्रोत साधनको अधिकतम सदुपयोग हुन्छ l उनीहरुले ठुला कलकारखाना आफै खोल्नु पनि आत्मानिर्भरता हो l तर उनीहरु बढी ज्ञान, प्रबिधी, र डिजिटल सीपको प्रयोग गरेर आत्मनिर्भर बनुपर्छ भने मान्यता राख्दछ l साथै, उनीहरुको जोड डिजिटल र साइबर सुरक्षा जस्ता क्षेत्रमा बिदेशी निर्भरता कम गरि राष्ट्रिय क्षमता बढाउनु पर्छ भने मान्यता छ l उनीहरु एक यस्तो प्रणाली चाहन्छन l जहाँ राज्यले स्थानीय प्रतिभा र श्रोतमा लगानी गरोस, त्यो लगानी गरिएको क्षमतालाई बिश्वब्यापी बजार र प्रबिधी संग जोडेर अधिकतम लाभ लिओस l तसर्थ हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ । यसका लागि प्रविधि र नवप्रवर्तनमा लगानी गर्नु आवश्यक छ । यसरी नै बी.पी.को आत्मानिर्भरताको सिद्धान्त आज पनि महत्त्वपूर्ण छ । यद्यपि, जेन-जी पुस्ताको युगमा यो विश्वव्यापीकरणसँग जोडेर हेर्नुपर्छ ।
• आर्थिक समानता र समाजवादको व्याख्या
जेनजी पुस्ता आर्थिक असमानताबाट निराश छन् र कल्याणकारी राज्य चाहन्छन् । बीपीले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादमा जेन-जी आन्दोलनको मर्म र भावना अनुसार चासो दिइनुपर्छ, जसले प्रबिधि मैत्री समाजबाद जोड्न खोजिदै छ l यसबाट बलियो र सशक्त समाजबादको ब्याख्या गरिनुपर्छ l
समाजमा बेथिति, विभेद र आर्थिक चपेटाबाट ग्रासित छन् l उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतामा पहुँचको सुनिश्चिता छैन l उनीहरुको शिक्षा ऋण, जिवान्यपनको बढ्दो लागत र स्थिर रोजगारीको अभाब जेन-जीका मुख्य चिन्ता हुन् l उनीहरुले आर्थिक समानता र समाजबाद भन्दा आफ्नो भविष्यलाई सुरक्षित र न्यायपूर्ण बनाउन खोजेका छन् l तसर्थ यसप्रति राज्य गम्भीर हुन् आवश्क छ l
• व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र
जेन जी पुस्ता डिजिटल युगमा हुर्केकाले स्वतन्त्रता र लोकतन्त्रलाई नयाँ ढंगबाट सोचेका छन् l उनीहरु सामाजिक सञ्जालबाट मानवाधिकार, नरीबाद र जातीय न्याय लगायत मुद्दाहरुमा खुल्ला रुपमा बहस चलाउदै आएका छन् l यसका साथै, पुराना रुढीवादी मुल्य मान्यतालाई चुनौती दिदै सक्रिय छन् l
उनीहरुले व्यतिगत स्वतन्त्रता र लोकतन्त्रलाई गतिशील, समाबेशी, र प्रबिधि मैत्री बनाएका छन् l उनीहरुले परम्परागत राजनीतिक संरचनामाथि दबाब सृजना सोच र चाहना रहेको पाइन्छ l उनीहरुले सबै नागरिकको व्यक्तिगत स्वतन्त्रता चाहन्छन l यसका साथै लोकतन्त्रको संस्थागत बिकासका लागि जवाफदेहिता, पारदर्शिता र न्यायपूर्ण शासन सुनिश्चिता गर्न खोजेका छन् l
• सक्रिय नागरिक सहभागिता:
बीपीले जनताका लागि राजनीति हुनुपर्छ भन्ने जनवादी चिन्तन अगाडि सारेका थिए । जेन-जी पुस्ताको सक्रिय नागरिक चेतना छ l जसले गर्दा आन्दोलनमा सबैको व्यापक संलग्नता देखियो l सफल आन्दोलनको आधार नै सहभागितामुलक लोकतन्त्र हो । उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट भ्रष्टाचार, नीतिगत अन्याय, र नेतृत्वको अपरिपक्वता विरुद्ध आवाज उठाई नै रहेको छ l जसले बीपीको प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न टेवा पुर्याएको छ ।
• दिगो विकास र स्वावलम्बन:
बीपीको विकासको अवधारणा गाउँ केन्द्रित र स्वावलम्बी थियो । विश्वव्यापी चेतना राख्ने जेन-जीले जलवायु परिवर्तन, दिगो विकास लक्ष्य र स्थानीय उत्पादनलाई बढावा दिन प्राविधिक संचारको प्रयोग गर्दै आएका छन् l जसले गर्दा उनीहरूको उद्यमशीलताको सिपले रोजगारीक अवसर सिर्जना गरी विदेशिने युवाको लहर रोक्न लगाउन मदत पुर्याउछ, यो जेन-जीहरुको लक्ष्य पनि हो l जुन बीपीको समृद्ध नेपालको सपना साकार पार्ने एक कडी हो ।
अन्त्यमा, बीपीको समाजबादको जग राष्ट्रियता, लोकतन्त्र र आर्थिक समानता हो l उनीहरुले व्यवस्थालाई सुदृढ पर्दै मानव दर्शनलाई बिस्तार गर्न खोज्दैछन् l जेन-जी आन्दोलन बीपीको समाज्बाद्लाई अझ सशक्त बनाएको छ, जुन समाजबादमा जेन-जी आन्दोलनको भावना जोडन सकिन्छ l यसले देशलाई पृथक ढंगबाट लैजानक लागि जोड दिएको छ l जेन-जीहरुले गरेको त्यग र बलिदानीले परिवर्तनको साधन बनेको छ l जेन-जीको ऊर्जा र डिजिटल दक्षताले समतामूलक समाजको निर्माणका लागि बल पुर्याएको छ । उनीहरूले यो पुरानो दर्शनलाई आज पनि जीवन्त राख्न खोज्दैछन् । उनीहरुले स्वतन्त्रता गुमाएर समानता खोज्ने वा समानतालाई बिर्सेर स्वतन्त्रता मात्र रोज्ने दुवै अतिवादी बाटोलाई त्यागेर एउटा न्यायपूर्ण र दिगो समाज निर्माण गर्ने बाटो रोजेका छन् । उनीहरुको बाटो नै दर्शनलाई डिजिटल युगमा रुपान्तरण गर्नु हो l