साहित्यकार सुभद्रा भट्टराई को कविता संग्रह प्रेमका पाँच औँला लोकार्पण

Logo
चन्दन रौनियार / झापा प्रकाशित शुक्रबार, साउन २५, २०८१

झापा / लेखक सुभद्रा भट्टराईको कवितासंग्रह ‘प्रेमका पाँच औंला’को एककार्यक्रम बिच लोकार्पण गरिएको छ । निबन्धकार एवम् नियात्राकार युवराज नयाँघरे र डा. शुकराज दियालीले पुस्तक लोकार्पण गरे ।निबन्धकार नयाँघरेले स्थानीयता झल्किने काव्यिक स्वाद यी कविताले बोलेको जनाए । ‘समाजबाट पर रहेको साहित्यले जनमनमा ठाउँ पाउँदैन,’ उनले भने ।समाजका मसिना पक्षको अध्ययन गरी आफूले कवितासंग्रह तयार पारेको कृतिका लेखक शुभद्रा भट्टराईले जनाइन् । उक्त साहित्यिक समारोहमा प्राध्यापक डा. गंगाराम अधिकारी, लतिका जोशी, निशिकान्त दास, शिवकुमार पौडेल, जय भण्डारीलगायतले आआफ्ना धारणा राखेका थिए । साहित्यकार भट्टराईको यो तेस्रो कृति हो । यसअघि पनि उनका दुई काव्यिक कृति प्रकाशित छन् । नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य समेत रहेकी भट्टराईको सक्रियता निकै स्मरणीय मान्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]