पारस अस्पतालले गर्यो १८ महिने बालकको सफल शल्यक्रिया

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित शनिबार, साउन २६, २०८१

विराटनगर / विराटनगरस्थित पारस अस्पतालले १८ महिने बालकको मृगौलाको सफलता पूर्वक शल्यक्रिया गरेको छ। भारतको सिपोल जिल्ला सुर्जापुर निवासी १८ महिने बालक एम डि सोहिल, चार महिना देखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए।

प्रारम्भमा पटनाको एम्स अस्पतालमा चेकजाँच गर्दा दाहिने मृगौलामा समस्या देखिएको थियो, जसका कारण उनलाई शल्यक्रिया गर्नुपर्ने सुझाब दिइएको थियो। उक्त चेक जाँचकाे क्रममा करिब ८५ हजार रुपैया खर्च भएको थियो।

त्यसपछि, बालकलाई पूर्णियाको फोटिस् अस्पताल लगियो । त्यहाँ उपचारको क्रममा बालकको पेटमा पाईप राखिएकाे थियो।पाईप राखेर गरिएको उपचार पछि पनि सोहिलको अवस्था सुधार भएन। केहि सुधार नभए पछि अस्पतालले मृगौला कट्नै पर्ने अवस्थामा पुगेको भने र त्यसपछि मृगौला काटेर फ्याकिएको बताइएको छ। यसले गर्दा सोहिलको अवस्था अझै गम्भीर भएको थियो, र अस्पतालले असन्तोषजनक सेवा दिएको दावी गर्दै अस्पतालले अब केही गर्न नसक्ने भन्दै बिरामीलाई फर्काइदियो। त्यहाँ उपचार गर्दा करिब साढे पाँच लाख रुपैया खर्च भएको छ।

पछिल्लो महिना असारमा सोहिलको परिवारले उनलाई विराटनगरस्थित पारस अस्पतालमा उपचारको लागि ल्याएका थिए। बालकको अवस्था अत्यन्त गम्भीर रहेको थियो, र पेटमा पिप जमेको कारण पेट फुल्न पुगेको थियो। पारस अस्पतालले दुई पटक सफलता पूर्वक शल्यक्रिया गरेर पिप निकालेको छ ।यस शल्यक्रियामा लगभग तीन लाख एकाउन्न हजार नौं सय साठी जम्मा रकम भएको थियो , तर सोहिलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले सम्पुर्ण खर्च मिनाह गरेर बच्चालाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासन प्रमुख हेम नारायण मेहताले जानकारी दिए। बालकको औषधिमा मात्र खर्च भएको उनले बताए। आगामी दिनमा पनि यस बालकको उपचार निःशुल्क गरि दिने मेहताले प्रतिवद्धता जनाए ।

सोहिलको परिवारलाई आर्थिक सहयोग गर्न विराटनगरको करिम फाउण्डेशनले पनि हात बढाएको छ। पारस अस्पताल र डाक्टरहरूको उत्कृष्ट उपचारको कारण सोहिलको परिवारले उनीहरूको धन्यवाद दिएका छन्।
पारस अस्पतालले बिमारीको‌ राम्रो उपचार गर्नु को साथै गरिब बिपन्न हरुलाई पनि नि:शुल्क सेवा प्रदान गर्दै आएकाे छ जस कारण यो विराटनगरमा एक उदाहरणिय अस्पताल बन्न सफल भएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]