विराटनगर लेडिज सर्कल–५ द्वारा ६६ विद्यार्थीलाई ‘रामायण’ चलचित्र प्रदर्शन

Logo
भोजराज घिमिरे प्रकाशित आइतबार, मंसिर १४, २०८३

विराटनगर लेडिज सर्कल–५ द्वारा ६६ विद्यार्थीलाई ‘रामायण’ चलचित्र प्रदर्शन
विराटनगर । विराटनगर लेडिज सर्कल–५ ले आफूले संरक्षण गर्दै आएको श्री सिद्धकाली आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई लक्षित गरी विशेष चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।
शनिबार (मंसिर १२ गते) बिहान ९ः३० बजे विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्समा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई पौराणिक कथामा आधारित चलचित्र ‘रामायण’ प्रदर्शन गरिएको हो।
विद्यालयको नियमित पठनपाठनभन्दा बाहिर बालबालिकालाई मनोरञ्जनसँगै धार्मिक तथा सांस्कृतिक कथाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। । शनिबारको बिदाको दिन चलचित्र हेर्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित र खुसी देखिएका थिए। चलचित्र प्रदर्शनसँगै उनीहरूलाई खाजाको समेत व्यवस्था गरिएको थियो। रमाइलो वातावरणमा चलचित्र हेर्ने अवसर पाएका विद्यार्थीहरूले कार्यक्रम आयोजना गर्ने विराटनगर लेडिज सर्कल–५ प्रति आभार व्यक्त गरेका थिए।
विराटनगर लेडिज सर्कल–५ की अध्यक्ष विनिता कुण्डलिया धरेवा र कोषाध्यक्ष प्रिती चाचनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग तथा उत्कृष्ट व्यवस्थापन गरेको भन्दै संस्थाले सेन्ट्रल मल्टिप्लेक्स परिवारप्रति धन्यवाद व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीम

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]