“विराटनगरको सेन्टजोसेफ कलेजमा ‘हवाई’ र ‘समुन्द्र किनार’ थिममा विशेष ‘फ्रेसर पुल पार्टी’ सम्पन्न”

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर/ विराटनगर स्थित सेन्टजोसेफ +२ कलेजले शनिबार एक विशेष ‘फ्रेसर पुल पार्टी’ आयोजना गर्‍यो।

कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई लक्षित गरेर गरिएको यो कार्यक्रम, कक्षा १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरूले व्यवस्थापन गरेका थिए। कलेजका निर्देशक रोहित जंग थपलियाका अनुसार, यो पार्टी विराटनगरमा पहिलो पटक ‘हवाई’ र ‘समुन्द्र किनार’ थिममा आयोजना गरिएको हो।

कार्यक्रम स्थल कृत्रिम छाप्रा र नरिवलका रुखहरूले सजाइएको थियो, जसले समुन्द्र किनारको वातावरण सिर्जना गरेको थियो। बीच पार्टीमा सामान्यतया पाइने खानेकुराहरू पनि त्यहाँ उपलब्ध गराइएका थिए।

कार्यक्रममा सिरश ब्यान्ड, डिजे ईश्वर, र लाईभ म्युजिकको प्रस्तुति रहेको थियो। यस पार्टीको प्रमुख उद्देश्य कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक अर्कासँग परिचित गराउनु थियो।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन होटल म्यानेजमेन्टका विद्यार्थीहरूले गरेका थिए, जसमा प्राविधिक व्यवस्थापन साइन्सका विद्यार्थीहरू र फुड व्यवस्थापनका विद्यार्थीहरू पनि संलग्न थिए। कार्यक्रम दिउसो ४ बजे सुरु भएर बेलुकी ९ बजे समापन गरिएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]