समाजसेवी अभिषेक गिरीद्वारा मोहम्मद जयन्तीको अवसरमा पानी , सर्वत तथा खानेकुरा वितरण

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर/ विराटनगरका समाजसेवी तथा कोशी सुधार अभियानका संयोजक अभिषेक गिरीले इस्लाम धर्मालम्बीको महान पर्व ‘मोहम्मद जयन्ती’को अवसरमा पानी, पिय पदार्थ र खानेकुरा वितरण गरेका छन्। गिरीले विराटनगरस्थित विजुली अफिस अगाडि “सेवा नै धर्म हो” भन्दै स्थानीय मुस्लिम समुदायलाई खाद्य सामग्री वितरण गरेका हुन्। गिरी एक सक्रिय समाज सेवी हुन्। उनले निरन्तर समाज सेवामा लागिरहेका छन् र यसअघि पनि यस्ता थुप्रै सामाजिक काम गरेर प्रशासन बटुल्न सफल भएका छन्।

गिरीले हिन्दू धर्मावलम्बी भए पनि मुस्लिम पर्वहरूमा एकता र भाईचाराको सन्देश फैलाउने गरेको बताए। “हामी हिन्दु भए पनि मुस्लिमहरूको पर्वमा एक्यवद्धता जनाउँछौं, र उनीहरूले पनि हाम्रो पर्वमा साथ दिने गरेका छन्,” गिरीले भने।

 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालभरका मुस्लिम समुदायले धूमधामका साथ मनाइरहेका छन्। यस अवसरमा मुस्लिम समुदायले र्‍याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ।

 

मोहम्मद जयन्ती, जसलाई इद मिलादुननबी र १२ रबी अव्वल पनि भनिन्छ, नेपाली मुस्लिम समुदायमा ‘मोहम्मद डे’ का रूपमा पनि मनाइन्छ। यस पर्वले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचाराको सम्बन्ध कायम राख्ने जनविश्वास छ।

 

मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायले गरिब, विपन्न, असक्त र अनाथलाई दान दिने, घर–आँगन सरसफाइ गर्ने, इस्लामिक झण्डा फहराउने, र दीप–प्रज्वलनजस्ता क्रियाकलाप गर्ने गर्छन्। सरकारले पनि यस पर्वका अवसरमा मुस्लिम समुदायलाई बिदा दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]