बिराटनगर बाट जादै गरेको बस पल्टिँदा एकजनाको मृत्यु, ४३ जना घाइते

Logo
ग्रामीण पत्रिका प्रकाशित सोमबार, भाद्र ३१, २०८१

विराटनगर/विराटनगरबाट दाङ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस आइतबार राति बाराको उनासी पुलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्। दुर्घटनामा परि दाङ देउखुरीका ४५ वर्षीय चेतन राय यादवको घटनास्थलमै मृत्यु भएको हो।

 

बस पल्टिँदा घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई नजिकका स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाइएको छ। अन्य ३३ जना सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 

दुर्घटनाको कारण खुलेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]