

सुनसरी/सुनसरीको लौकहीबाट सशस्त्र प्रहरीको टोलीले ८० हजार मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक आवेश पुनको नेतृत्वमा खटिएको टोलीले गाेप्य सूचनाको आधारमा पटका बरामद गरेको हो।
सीमावर्ती क्षेत्र भारतबाट नेपालतर्फ ल्याइँदै गरेका पटका अवैध तस्करीका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले बताए ।भण्टाबारी पत्रकार देवराज यादवलाई प्राप्त सूचनाका आधारमा, सशस्त्र प्रहरी बलको बीओपी लौकहीबाट खटिएको टोलीले तस्करीका गतिविधि बढिरहेको संकेत पाएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको थियो। विशेष निगरानी र सूक्ष्म अनुगमनपछि, प्रहरीले भारतबाट ल्याइएको पटका नियन्त्रणमा लिन सफल भएको हो। केही अगारी मात्र सुनसरीको कोशी गाउँपालिका चाडपर्व नजिकिँदै गर्दा भित्रन थाल्यो पटका।
लाैकही bop प्रहरीले ६० हजार मूल्य बराबरको पटका बरामद गरेको छ । सशस्त्र प्रहरी लौकहीले चेक जाच गर्ने क्रममा उक्त पटका नियन्त्रणमा लिइएको हो।स्थानीय स्रोतहरूले बताएअनुसार, पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा पटका लगायतका अन्य वस्तुहरूको अवैध तस्करीमा वृद्धि भएको छ, जसले सुरक्षा निकायहरूलाई थप सक्रिय बनाएको छ।सशस्त्र प्रहरी निरीक्षक आवेश पुनले भने, “हामीले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूलाई निरन्तर निगरानी गरिरहेका छ