नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, आश्विन ०४, २०८१

विराटनगर / नेपाल पत्रकार महासंघको आगामी निर्वाचन कार्यक्रम स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले आज एक सूचना जारी गर्दै मनोनयन दर्ता र अन्य निर्वाचनसम्बन्धी कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

 

यसअघि १२ असोजका लागि चुनावको मिति तय गरिएको थियो र आजको दिनमा उम्मेदवारी मनोनयन दर्ता गरिनुपर्ने थियो। तर, महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टको अनुरोधपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।

 

निर्वाचन कार्यक्रम स्थगित हुनुको मुख्य कारण सदस्यता शुद्धीकरणमा देखिएको विवाद रहेको बताइएको छ। यसै विवादका कारण पूर्व अध्यक्ष विपुल पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका थिए।

 

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरे र अन्य सदस्यहरूको हस्ताक्षरसहितको सूचनामा महाधिवेशनको तयारी र सदस्यता शुद्धीकरणको प्रक्रिया पूरा नहुँदासम्म निर्वाचन कार्यक्रम अगाडि नबढाइने स्पष्ट गरिएको छ।

 

समितिले महासंघका सम्पूर्ण सदस्यहरूलाई सूचित गर्दै निर्वाचनका नयाँ मिति र कार्यक्रमबारे छिट्टै जानकारी गराइने बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]