पत्रकार नेता जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, आश्विन ०७, २०८१

विराटनगर / श्रमजीवी पत्रकार संघ, नेपालका राष्ट्रिय अध्यक्ष पत्रकार नेता जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका राष्ट्रिय अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरेका छन् । आइतबार राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीद्वारा जैसी सम्मानित भएका हुन् । मिति २०६१ सालदेखि विभिन्न सञ्चार प्रतिष्ठानमा आवद्ध रहेर त्यस क्षेत्रको विकास र राष्ट्र निर्माणमा पुरÞ्याएको योगदान सबैका लागि अविष्मरणीय र अतुलनीय रहेको प्रेस काउन्सिल नेपालले जन्मदेव जैसीलाई सम्मान गरेको हो ।

‘पिता जक्तिराम जैसी र माता अम्रिता जैसीको कोखबाट कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाँउपालिका वडा नम्बर १ लुसामा जन्मनु भएको उनि अत्यन्तै निष्ठा र समर्पणका साथ पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक लागेर नेपाली नागरिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गराउँदै आउनु भएको जैसीले पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा खेल्नुभएको सक्रिय भूमिका सबैका लागि प्रेरणादायी र प्रसंसनीय रहँदै आएको छ ।

पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै काउन्सिलले सम्मान गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]