कोशी प्रदेश सरकारद्वारा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको सरुवा

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर /कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका १०औं र ११औं तहका कर्मचारीहरुको सरुवा गरेको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको हो।

११औं तहका प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, विराटनगरका निर्देशक डा. विरेन्द्र कुमार मण्डललाई जिल्ला अस्पताल, उदयपुरमा सरुवा गरिएको छ। त्यस्तै, १०औं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. ज्ञान बहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा सरुवा गरिएको छ।

मन्त्रालयका अर्का वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटामा सरुवा गरिएको छ। प्रदेश सरकारको निर्णय अनुसार कर्मचारीहरुको नयाँ जिम्मेवारी तत्काल लागू हुनेछ।

सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउन र सेवा प्रवाहलाई थप चुस्त बनाउन कर्मचारी सरुवा गरेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]