सुनवर्षीमा जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

सुनबर्षी /मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ७ मा जितिया विशेष सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का वडा अध्यक्ष श्री संजय सिंह (गान्धी)ले गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथि सुनवर्षी नगरपालिकाका नगर प्रमुख श्री श्याम प्रसाद राजवंशी थिए भने विशिष्ट अतिथि पूर्व प्रदेशसभा सांसद श्री शिवनारायण सिंह गनगाई थिए। अतिथिको रुपमा वडा नम्बर ८ का वडा अध्यक्ष अनवर मिया लगायत समाजका विभिन्न अग्रज तथा गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जितिया पर्वको महत्वबारे छलफल गरिनुका साथै शुभकामना आदानप्रदान गरिएको थियो। उपस्थित वक्ताहरुले जितिया पर्वले समाजमा आपसी सद्भाव र एकताको सन्देश फैलाउने बताए। कार्यक्रमले स्थानीय संस्कृति र परम्परालाई जगेर्ना गर्न महत्वपूर्ण योगदान दिएको सहभागिहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]