दुहबीमा दशै तथा पुजा महोत्सवको तयारी सुरु   

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित सोमबार, आश्विन १४, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.६ पुरानो दुहबी बजारमा रहेको  ऐतिहासिक श्रीदुर्गाकालि मन्दिर दशै तथा पुजा  महोत्सवको तयारी सुरु भएको छ ।

सोमबार  दुहबीको श्रीदुर्गाकालि मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा असोज  १७ गते घटस्थाप बिहीबार  देखि सुरु  हुन लागेको दशै तथा पुजा मेला महोत्सवको तयारी सुरु गरेको  पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष मनिस रौनियारले जानकारी दिएको हो ।

दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक वर्ष मनाउदै आएको दशै तथा पुजा मेला महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्रीदुर्गाकालि मन्दिर दुहबीका पुजा तथा मेला समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

दशै पुजा मेला  महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी ५१ जनाको  पुजा तथा मेला मूल समिती, ११ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् ।सुनसरीको दुहबीमा लगातार वर्षदेखी भव्यक्ताका साथ मनाउदै आएको दशै तथा पुजा मेला मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई सहभागी गराई पुजा मेला महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें ।
कार्यक्रमका प्रमुख अतिथि दुहबी वडा न.६का अध्यक्ष घन्शयाम हलुवाई भनाइ  अनुसार  पुरानो बजार क्षेत्रमा बि.स २००९ सालमा एउटा ठूलो आगलागी भएको थियो ।

जुन आगो पूर्व क्षेत्र हुँदै चारैतर्फ फैलिएको थियो । तर आसपासका कुनै पनि मन्दिर दुर्गा मन्दिर र कृष्ण मन्दिरमा कुनै नोक्सान भएको थिएनन् ।वि.स. २०११ सालमा तत्कालिन बडा हाकिम भूपालमान सिंह, मातृका प्रसाद कोइराला, तोलाराम दुगड लगायत बिराटनगर बासीको अगुवाईमा तथा दुहबी निवासी केदार राम रौनियार तथा लखन राम अग्रहरीको सहयोगमा दुहबी बजारलाई नयाँ स्तरूपमा परिवर्तन गरी पूरानो विकदन्ती अनुसार दुवि, सुवि दुई दिदी, बहिनीको नामबाट नयाँ दुहबीको नाम नामाकरण गरिएको हो । 
पौराणिक कितंदन्ती अध्ययन पश्चात आधुनिक दुहबी बजारको वर्तमान अवस्थामा नेपालको पूर्वका औद्योगिक नगरिका रूपमा नेपाल अधिराज्यभरी चिनिएको ठाउँ हो ।
यस बजार सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, राजनैतिकको बेग्लो महत्व छ ।

दुहबीको पुरानो बजारमा रहेको श्रीदुर्गाकालि मन्दिरको महत्वलाई चिनाउन हरेक बर्ष पुजा तथा मेला महोत्सव लागने गरिएको छ । सो पुजा मेला महोत्सवमा केटाकेटी देखि बृद्धा सम्म उत्साह पूर्वक सहभागि हुन्छन् । यो पुजा मेला महोत्सवलाई सफल बनाउन दुहबी बासी बाहेक उद्योगी, व्यापारी, विभिन्न संघ संस्था, सुरक्षा निकाय र हरेक पेसा र समुदायका एक भएर अघि बढेका हुन्छ ।

यो समितिमा विभिन्न उप समितिले कार्य गरेका छन यस्तै प्रकारका धार्मिक मेलाहरूले दुहबीलाई विस्तारै विकासको तर्फ लगिरहेका छन् ।दुहबी बजार २०१७ साल पछि मोरङ्गबाट छुटिएको दुहबी वडा न.६ अध्यक्ष हलुवाईले बताए । सौ पत्रकार समेलमा दुहबी नगरपालिका वडा न .५ का अध्यक्ष रमेश कुमार रौनियार ,दुहबी वडा न.१ का अध्यक्ष अजुल हुसेन ,वडा न.४का अध्यक्ष मुस्तकिम मिया, इ.प्र.का दुहबीको प्रतिनिधि, शस्त्र प्रहरी वल दुहबीका प्रतिनिधि ,ट्राफिक पोस्ट दुहबीका प्रतिनिधि अन्य संघसंस्था प्रतिनिधि र समितिका पदअधिकारी, स्थानीय संचारकर्मीहरुको उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]