

विराटनगर । सुनसरीको तरहरा र आसपासका क्षेत्रमा आज बिहानैदेखि लगातार भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा ठूलो मात्रामा वर्षा भएको छ, जसले गर्दा अझै थप वर्षा हुने सम्भावना रहेको छ।यसका साथै विराटनगर क्षेत्रमा पनि पानी पर्न सुरु भएको छ ।
विभागले निरन्तर ठूलो वर्षाको सम्भावना रहेको भन्दै सर्दु, सुनसरी खोला, बुढी खोला, केसलिया खोला लगायतका नदी तथा ससाना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ। साथै, सुनसरीको होचो भूभागमा डुबानको सम्भावना अत्यधिक रहेको भन्दै स्थानीयलाई दिउँसोसम्म सतर्क रहन अनुरोध गरिएको छ।
यात्रा गर्नेहरूले पनि सावधानी अपनाउनुपर्ने बताइएको छ। विभागले आकस्मिक बाढी र डुबानबाट जोगिन स्थानीय बासिन्दालाई सचेत रहन र आवश्यक सावधानीहरू अपनाउन आग्रह गरेको छ।