विराटनगरमा चौथो थकाली विराट सडक महोत्सव सुरु हुँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, आश्विन १६, २०८१

विराटनगर/ नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा चौथो थकाली विराट सडक महोत्सव बिहीबारदेखि विराटनगरमा सुरु हुँदैछ। मञ्जिना मुभिज क्रिएसन प्रा.लि.ले आयोजना गर्ने यो महोत्सव असोज १७ गतेदेखि २३ गतेसम्म हिमालय रोडमा सञ्चालन हुनेछ।

सडक महोत्सवको उद्देश्य दशैंको रमझममा विराटनगर आउने सबैलाई भरपुर मनोरञ्जन प्रदान गर्नु रहेको छ। आयोजक संस्थाका अध्यक्ष जतिन ताम्राकारले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवमा २७ स्टल मार्फत विभिन्न जातजाति र भाषाभाषीका खानाका परिकारहरू उपलब्ध हुने जानकारी गराए।

महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत रहनेछ भने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिहीबार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। ७ दिने यो महोत्सव दशैं भाइन्स, क्यानोपी, र झिलिमिली बत्तीको उज्यालोमा सञ्चालन हुनेछ।

सडक महोत्सवले स्थानीय संस्कार र खानाको विविधतालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]