पेट्रोलियम पदार्थको मूल्य घटेसँगै हवाई भाडा समायोजन

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, आश्विन १६, २०८१

विराटनगर/पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा हवाई भाडामा पनि समायोजन गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवारबाट नयाँ हवाई भाडा दर लागू गरेको छ। हवाई इन्धनको मूल्य घटेका कारण भाडा दरमा समायोजन गरिएको हो, जहाँ इन्धनको हिस्सा करिब ४० प्रतिशत रहने गर्छ।

प्राधिकरणले जारी गरेको नयाँ दर अनुसार, काठमाडौँबाट विभिन्न गन्तव्यका लागि हवाई भाडा यसरी घटाइएको छ:

काठमाडौँ–भद्रपुर: १८० रुपैयाँले घटाइएको

काठमाडौँ–विराटनगर: १४५ रुपैयाँले घटाइएको

काठमाडौँ–जनकपुर: ७५ रुपैयाँले घटाइएको

काठमाडौँ–पोखरा: ९५ रुपैयाँले घटाइएको

काठमाडौँ–भैरहवा: १२० रुपैयाँले घटाइएको

काठमाडौँ–नेपालगन्ज: १९५ रुपैयाँले घटाइएको

काठमाडौँ–धनगढी: २६५ रुपैयाँले घटाइएको

यो समायोजनले हवाई यात्रुलाई केही राहत मिल्नेअ पेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]