नेपाली कांग्रेस कोशी प्रदेश समितिको दसैंका लागि विशेष माग: अवरुद्ध सडक खुलाउन आग्रह

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, आश्विन १७, २०८१

विराटनगर/ नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी पहिरोका कारण दसैंमा घर आउन नसकेका नागरिकहरूको समस्या समाधानका लागि सरकारसँग विशेष अनुरोध गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश समितिले दसैंमा घर फर्कन चाहने नागरिकहरूको लागि अवरुद्ध सडक सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो।

नेपाली कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले भने, “दसैंको मुख्य चाड नजिकिँदै गर्दा, बाढी र पहिरोले अवरुद्ध भएका सडकहरू तत्काल खुलाउन आवश्यक छ।” साथै, उनले विषम परिस्थितिमा मृतकका परिवारलाई विशेष राहतको व्यवस्था गर्न र घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरे।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशी प्रदेश समितिले आफ्नो नेता तथा कार्यकर्तालाई राहत र उद्धारको काममा सक्रिय हुन पनि आह्वान गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]