इटहरीका महिलाहरू मकै पोलेर आम्दानीमा आत्मनिर्भर

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/सुनसरीको इटहरी उपमहानगरपालिका–६ काफुलमति निवासी राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ। राजवंशी विगत २० वर्षदेखि इटहरीको राधाकृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोलेर बेच्दै आएकी छिन्। उनी दिनभर मकै पोलेर बिक्री गर्दा राम्रो आम्दानी हुने बताउँछिन्। राजवंशीले मोरङ र झापाका विभिन्न ठाउँबाट मकैबारी ठेक्का हाली मकै खरिद गरेर बेच्ने गर्छिन्। सानो मकै घोगा २० र ठूलो मकै ४० रुपैयाँसम्ममा बिक्री गर्दै आइरहेकी छन्। दिनमा १५०० देखि २००० रुपैयाँसम्मको आम्दानी हुने उनको भनाइ छ।

इटहरी–२ की पार्वती चौधरी पनि विगत तीन वर्षदेखि मकै पोलेर जीविका चलाउँदै आएकी छन्। उनले प्रतिघोगा १० देखि १५ रुपैयाँमा मकै खरिद गरी २० देखि ३५ सम्ममा बिक्री गर्ने गर्छिन्। साथै, फुर्सदको समयमा जङ्गलबाट दाउरा सङ्कलन गरेर पनि बिक्री गर्ने गरेको उनले बताइन्। चौधरीले महिनामा ३० देखि ४० हजारसम्म आम्दानी हुने बताइन्।

यस्तै, सङ्गीता मण्डलले पनि आफ्नी दिदीलाई देखेर मकै पोलेर बेच्न थालेकी हुन्। इटहरी बजारका गल्लीहरूमा मकै पोलेर उनले मासिक २० हजारसम्म आम्दानी गर्ने गरेको बताइन्।

इटहरी बजारमा यस्ता मकै बेच्ने महिलाहरूको संख्या धेरै छ। उनीहरूको दैनिकी मकै पोलेरै चल्ने गरेको छ, र यो व्यवसायले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]