झापामा ब्राउनसुगर कारोबार गर्ने व्यक्ति पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर १६, २०८१

विराटनगर/ झापा मेचीनगर–१० झापा मार्ग टोलमा ब्राउनसुगर कारोबारमा संलग्न रहेको आरोपमा बब्लु भनिने मनु मुर्मू पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनको घरमा छापा मारेपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मुर्मूको सुत्ने कोठाको पूर्वपट्टि भुइँमा प्लाष्टिकको पोका बनाई लुकाइ राखिएको अवस्थामा १ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर फेला परेको छ।

मुर्मूलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ। प्रहरीले लागूऔषध कारोबारलाई रोक्न यस्ता अपरेसनलाई अझ प्रभावकारी बनाइने बताएको छ।

प्रहरीले लागूऔषध कारोबारसम्बन्धी सूचना भएमा तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]