पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यासको मूल्य यथावत

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर १६, २०८१

विराटनगर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। आज राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँले बढाइएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५९ रुपैयाँ, र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ।

आन्तरिक उडानतर्फको हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रति किलोलिटर १५ डलरले मूल्य बढाइएको छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ। निगमका अनुसार ग्यासको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाललाई स्थिर राख्ने निर्णय गरिएको हो।

पेट्रोल र हवाई इन्धनको मूल्यवृद्धिले यातायात र हवाई सेवामा असर पर्ने अनुमान छ। उपभोक्ताले दैनिक खर्चमा थप भार पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेको छ।

नेपाल आयल निगमले आगामी दिनमा पनि मूल्य समायोजन गर्दा उपभोक्ताको हितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]