झापाको मेचीनगरमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर १८, २०८१

विराटनगर / झापाको मेचीनगर नगरपालिका–११, तेलीबारीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मंगलबार एकजनाको मृत्यु भएको छ।

धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४९०९ नम्बरको बस र विपरीत दिशाबाट आएको मे १० प ३५७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परि चन्द्रगढी नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीय मोटरसाइकल चालक किसन न्यौपानेको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका न्यौपानेलाई तत्काल उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याइएको थियो। अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

दुर्घटनापछि प्रहरीले बस र चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ निवासी विजयकुमार यादवलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यस विषयमा थप जानकारी आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]