झापाका किसानलाई ८० प्रतिशत विद्युत महशुल मिनाहा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २२, २०८१

झापा‌ / झापा गाउँपालिकाले व्यवसायिक कृषिमा आकर्षण बढाउन तथा दिगो कृषि पेशा बनाउन सिञ्चाई लगायतमा प्रयोग हुने विद्युत खपतको ८० प्रतिशत लागत रकम व्यहोर्ने भएको छ ।

कृषिमा लागत घटाइ किसानहरुलाई खेतीप्रति आकर्षण बढाउन गाउँपालिकाले वजेट मार्फत विद्युत महशुल तिर्ने नीति लिएको हो ।

किसानहरुलाई खेतीपाती गर्न सजिलो पारेर आय आर्जन बढाउने उद्देश्यले उनीहरुको खेतबारीमै बिजुली पुर्याइरहेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो ।

का.वा अध्यक्ष अन्जु थपलियाका अनुसार किसानको खुसीको लागि गाउँपालिकाले बिद्युत महसुलमा लाग्ने ८० प्रतिशत रकम समेत चालू आर्थिक बर्ष २०८१÷०८२ को बिनियोजन बजेट मार्फत तिरिदिने भएको छ ।

झापा गाउँपालिकामा २०७४÷०७५ को बजेट मार्फत नै तत्कालीन अध्यक्ष जयनारायण शाहले किसान हितको लागि शुरु गर्नु भएको बिजुली बिस्तार कार्यक्रमले अहिले सम्म निरंतरता पाएको छ । झापाका ७ वडामा हालसम्म ५ हजार बिजुलीका पोल किसानका खेतबारीमा तारसहित जोडिएको देख्न सकिन्छ भने ८ सय पोल यस आर्थिक बर्षमा जोडिन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिनुभएको छ ।

पालिकाले किसान हितमा बिधुतमा लाग्ने महसुल मात्रै होइन , सिचाइ मोटर ,स्प्रे ट्यान्की समेत साझेदारी कार्यक्रम अन्तरगत उपलब्ध गराउदै आएको छ भने ५० युनिट सम्म सबै नागरिकको बिधुत महसुल समेत पालिकाले नै तिर्दै आएको प्रमुख प्रशासकीय अधिकृत थपलिया बताउनु हुन्छ ।

मकै, धान ,केरा र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६०% सिचाइको लागि विधुत महसुल तिरिदिदैं आएकोमा यस आर्थिक बर्षदेखी ८० प्रतिशत तिरिदिन लागेको हो ।

विद्युतमा सहुलियत सहित झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरि किसानको खुसीको लागि उनिहरुलाई चाहिँने आवश्यक मल, विउ र औजार र प्राविधिक सहयोगलाई प्राथमिकता दिएको देख्न सकिन्छ ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाईको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउदै पालिका भित्र आवद्ध ९२ ओटा कृषि समुहलाई आवश्यक तालिम र अनुदानको ब्यवस्था समेत गर्दै आएको छ ।

झापा गाउँपालिकाले २०७४÷०७५ आर्थिक बर्ष देखी अध्यक्ष जयनारायण शाहले आर्थिक विपन्न झापा गाउँ बासीको हितमा महत्त्वपूर्ण काम गरेको देख्न सकिन्छ भने त्यसै कार्ययोजनालाई अहिले सम्म निरंतरता दिदै झापाकै नमुना गाउँपालिकाको रूपमा स्थापित हुँदै गएको प्रष्ट हुन जान्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]