कैलालीमा सुन, चाँदी, नगदसहित तीनजना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ कैलालीको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले १ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन, चाँदी, नगद, र अन्य सामानसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर बिक, र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीले जनाएको छ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्काको आधारमा चेकजाँच गर्दा ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको थियो। बरामद सामग्रिमा:

६२० ग्राम सुन: ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबर

८ किलो ९१४ ग्राम चाँदी: १५ लाख २८ हजार ४६० रुपैयाँ बराबर

भारतीय रुपैयाँ: ६ लाख ११ हजार ६२५

अन्य विदेशी मुद्रा: साउदी रियाल

चार थान मोबाइल सेट र चाँदीका लेप लगाइएका भाँडाकुँडा

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीका डीएसपी शैलेन्द्र थापाका अनुसार सामानहरूको स्रोत खुलाउन नसकेपछि तीनैजनालाई पक्राउ गरी बरामद सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यो घटनाले सीमाक्षेत्रमा अवैध कारोबार रोकथामका लागि निगरानी थप कडाबनाउनुपर्ने देखाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]