प्रधानमन्त्रीद्वारा दमकको बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी खानेपानी आयोजना आज एक विशेष समारोहका बीच उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सम्पूर्ण नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यमा सरकार दृढ रहेको बताए। साथै, उनले देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइमा व्यापक अभियान संचालन गरिने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले जनताको घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई विशेष सन्तोष मिल्ने बताए। “देशलाई अस्थिर हुन नदिन प्रमुख दलहरूको सहकार्यमा सरकार गठन गरिएको छ, जसले विकास निर्माणका अधुरा कामलाई गति दिनेछ,” उनले भने।

प्रधानमन्त्री ओलीले विकासका लागि सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउँदै भने, “हामी विभिन्न पार्टीका भए पनि देश निर्माणका काममा एक भएर लाग्नुपर्छ। म प्रधानमन्त्रीका रूपमा तपाईंहरूको प्रतिनिधि हुँ, देश र तपाईंहरूको नाम विश्वमा राख्न हरसम्भव प्रयास गर्नेछु।”

कुल रु ५० करोड ७ लाख ९२ हजार लागतमा निर्मित यस आयोजनाबाट दमक नगरपालिकाका वडा नं २, ३ र ४ का ६,५२१ घरधुरीका २६,७४३ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्।

कार्यक्रममा आयोजना निर्माणका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरियो। प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, संघीय खानेपानी मन्त्री प्रदीप यादव तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओलीको नेतृत्वमा अघि बढिरहेको विकास अभियानमा बेलडाँगी खानेपानी आयोजना ऐतिहासिक उपलब्धि हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]