सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार ;- शेखर कोइराला

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर /  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदारका रुपमा उभिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ जिल्लाका नवचिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कोइराला निवासमा बधाई दिँदै उनले सञ्चार क्षेत्र कमजोर भयो भने लोकतन्त्रसमेत कमजोर हुने धारणा राखे । उनले सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए । पछिल्लो समय सञ्चार क्षेत्र कमजोर हुँदै गएको हो कि भन्ने आफूले महसुस गरिरहेको कोइरालाको भनाइ थियो । नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्रसँगै मुलुकमा अराजकता, व्यथिति, भ्रष्टाचार मौलाउँदै जाने बताए । ‘सञ्चार क्षेत्रले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने, ‘सञ्चार क्षेत्र बलियो भयो भने लोकतन्त्र पनि बलियो हुन्छ ।’

संघीय सांसदसमेत रहेका नेता कोइरालाले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले तीनै तहको सरकारले सुशासन कायम गर्न नसकेको बताए । उनले भ्रष्टाचार, व्यथिति, अराजकताविरुद्ध सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्नेमा जोड दिए । ‘अहिले देशका सुशासन छैन, भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गएको छ । त्यही भएर युवाहरुमा देशप्रति निराशा बढ्दो छ’ उनले थपे, ‘यस्तो बेला सञ्चारकर्मीहरुको भूमिका अहम् हुन्छ । सबै विकृतिविरुद्ध सञ्चार क्षेत्रले आवाज उठाउनुपर्छ ।’ नेता कोइरालाले नवनिर्वाचित प्रदेश र जिल्लाका पदाधिकारी र सदस्यहरुलाई खादा र अविर लगाएर बधाई दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]