भक्तपुरमा छोराको हत्या गरेको आरोपमा वृद्ध पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष ०३, २०८१

विराटनगर / छोराको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले एक ६३ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। घरायसी विवादका क्रममा अछामको कमलनगर नगरपालिका–६ घर भई हाल भक्तपुर नगरपालिका–२ बस्दै आएका दीपबहादुर शाहीले छोराको हत्या गरेको आरोप लागेको हो।

प्रहरीका अनुसार मंगलबार राति ३१ वर्षीय नरेन्द्रबहादुर शाहीलाई दीपबहादुरले तरकारी काट्ने चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनापछि दीपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घटना घरायसी विवादका कारण भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]