कोशी प्रदेश प्रहरी प्रमुखद्वारा अपराध नियन्त्रण र प्रहरी कार्यप्रति कडाइको निर्देशन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष ०५, २०८१

विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले भर्चुअल माध्यमबाट प्रदेशका विभिन्न प्रहरी इकाइका प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन्। पौष ५ गते दिउँसो आयोजित भर्चुअल निर्देशन कार्यक्रममा उनले प्रहरी कार्यलाई प्रभावकारी बनाउन र अपराध नियन्त्रणमा सक्रिय भूमिका खेल्न कडाइका साथ निर्देशन दिएका हुन्।

अधिकारीले सवारी दुर्घटना, साइबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी, चोरी, तस्करी, र अन्य अपराध नियन्त्रणका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्न भने। साथै, कार्य सम्पादन सम्झौताअनुसार काम गर्दै प्रगति विवरण समयमै पेश गर्न निर्देशन दिए।

उनले सत्य, सेवा, सुरक्षाको मूलमन्त्रलाई आत्मसात गर्दै समाजलाई जीवन्त, गतिशील, र सुरक्षित राख्न प्रहरीलाई अहोरात्र समर्पित हुन आग्रह गरे। “जसरी मुटु बिश्राम नलिई निरन्तर धड्किरहन्छ, त्यसरी नै प्रहरी पनि समाजको सुरक्षा र शान्ति कायम गर्न निरन्तर काम गर्नुपर्छ,” अधिकारीले भने।

उनले त्रुटीरहित तरिकाले अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी वहन गर्न, तथा प्रहरी कार्यमा देखिने गुनासोहरूलाई निराकरण गर्दै चुनौतीहरूलाई अवसरका रूपमा लिनसमेत निर्देशन दिए।

यस अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, र अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रहरी प्रमुख अधिकारीले अपराध नियन्त्रणका लागि प्रहरीलाई अझ कडाइका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिएपछि अब कोशी प्रदेशमा अपराध नियन्त्रण र शान्ति सुरक्षामा थप सुधारको अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]