कपडा व्यवसायी अग्रवाल माथि कुटपिटको कारण खुलासा, तीन जना पक्राउ

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, पुष ०८, २०८१

विराटनगर/ शनिबार बिहान ११ बजे तिर विराटनगरको ट्राफिक चोकस्थित बालाजी कपडा पसलका सञ्चालक विशाल अग्रवालमाथि निर्घात कुटपिट भएको छ। घटनामा संलग्न समूहका एक जना रुस्तम उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ।

पसलमै बसिरहेका बेला रुस्तम उप्रेतीसहितको समूहले उनीमाथि फालामको रड, बेल्ट र धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको विशाल अग्रवाल बताएका छन् । अग्रवालको टाउको, निधार, पिठ्यु र हातमा गम्भीर चोट लागेको छ। अग्रवाल शेयरमा तृष्णा होटेल सञ्चालन गर्दै आइरहेका छन्। उनले आफ्नो ज्यान मार्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए।

उप्रेतीका अनुसार शुक्रबार राति तृष्णा होटलमा जन्मदिनको पार्टी मनाउने क्रममा होटलले बिलमा छुट दिन नमानेपछि अग्रवाल र उप्रेतीबीच भनाभन भएको थियो। सोही झगडाको क्रममा अग्रवालले झापड हानेको उप्रेतीले बताए। होटलका बाउन्सरले समेत उप्रेती लगायत अरु साथीहरुलाई निर्घात कुटपिट गरेपछि रिसइबीका कारण शनिबार अग्रवालमाथि आक्रमण गरेकाे उप्रेतीले जानकारी दिए ।

घटना सम्बन्धी जानकारी पाएपछि मोरङ प्रहरीको टोलीले रुस्तम उप्रेती सहित होटलका दुई बाउन्सरहरू बब्लु अंसारी खान र सुगम केशरीलाई पक्राउ गरेको छ। अन्य संलग्न व्यक्तिहरूलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने मोरङ प्रहरी नायब उपरीक्षक वेदराज जोशीले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]