श्री संगम सहकारीको तेस्रो साधारण सभा सम्पन्न

Logo
चन्दन रौनियार  प्रकाशित सोमबार, पुष १५, २०८१

दुहबी /दुहवी नगरपालिका वडा नं. ५ मा रहेको श्री संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण कार्यक्रम सम्पन्न भएको छ ।

श्री संगम बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो साधारण सभा नया कार्य समिति चयन गरि सम्पन्न भएको हो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष ज्ञान बहादुर राई अध्यक्षता एवं मुक्तिनाथ सहकारीका अध्यक्ष रुद्र बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।३ वर्ष अघि खोलीएको दुहबीको श्री संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेस्रो वर्ष प्रवेश गरे संगै संस्थाको बचत निक्षेप रकम संकलन ५४लाख २७ हजार ५१ रुपैया पुर्याएको छ ।

तेस्रो साधारण सभा दुहबी वडा नम्वर ५ स्थित श्री संगम सहकारीको कार्यालयको स्थित आयोजित तेस्रो साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन ५४ लाख ३७हजार ५१रुपैया पुगेको हो । साधारण सभामा संस्थाका अध्यक्ष ज्ञान बहादुर राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा यस सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो रहेको बताउँदै तेस्रो वर्षसम्म आइपुग्दा ४ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए । सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन, उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष ज्ञान बहादुरराईले बताए ।

संस्थाका अध्यक्ष राईले भने – हामीले विभिन्न क्षेत्रहरुमा लगानीलाई प्राथमिकतामा राखी सम्पूर्ण सेयर सदस्यहरु बिच बचत गर्दै ऋण लगानी गरेका छौ । अहिले देश आर्थिक मन्दीको चपेटामा परेको हुँदा पनि हामी निर्धकताका साथ बचत फिर्ता गरी ऋण लगानी सहज रुपमा गर्न सकेका छौ । हामीले छिटो छरीतो विश्वासनिय सेवा प्रदान गरिरहेका छौ । संस्थाका विकासका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षेक साथै अन्य उपसमितिहरु लगायत संस्थाका कर्मचारीहरुको अथक प्रयास पछि हामी तेस्रो वर्षमा प्रवेश गरेका छौ । हाम्रो अथक मेहनत र लगनशिलताले आज हामी सहकारीलाई उचाईमा पु¥याउन सफल भएका छौ ।

तेस्रो साधारण सभामा प्रमुख अतिथि रुद्र बहादुर राईले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिए । उनलेले सहकारी विना आर्थिक संम्वृद्धि नहुँने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी सदस्य जानुका सुव्वाले गरेकि थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव दर्शन राईले गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्य दिप नारायण मुखिया र उत्कृष्ट ऋणी सदस्य भोला मलाह र उत्कृष्ट कर्मचारी इन्दिरा राई ,संकल कर्ता धनबहादुर सम्वाहाम्फे,जानुका सुब्बा र सोनु राई लाई प्रमाणपत्र,दोसोला ओढाएर सम्मान गरका थिए भने नयाँ कार्यसमितिमा अध्यक्ष ज्ञान बहादुर राई ,उपाध्यक्ष पशुराम राई,सचिव दर्शन राई,कोषाध्यक्ष मिना मगर राई र सदस्यहरुमा धनबहादुर सम्वाहम्फे ,मुना राई र लक्ष्मी मगर चौधरी रहेका संस्थाका सचिव दर्शन राईलेबताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]