युवाहरुको समाजसेवा कार्यमा महत्वपूर्ण योगदान रहेको–मुख्यमन्त्री कार्की

Logo
ग्रमीण सहकर्मी / विराटनगर प्रकाशित शनिबार, साउन १२, २०८१

बिराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ।

लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना समारोहको उद्घाटन गर्दै उहाँले क्लबले युवाहरुको माध्यमबाट समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।

मुख्यमन्त्री कार्कीले ‘राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप मिलोस भन्ने शुभकामना दिनु भयो ’ ।
उहाँले समाजमा लागु पदार्थ दुर्ब्यसन्को विकराल समस्या भएकोमा चिन्ता व्यक्त्त गर्दै यस कार्यबाट उनीहरुलाई मुक्त गर्न क्लवले काम गर्नु पर्ने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशसित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले ‘हरेक मानिसलाई आफ्नो , परिवार,समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने दायित्व वुझाउनु आवश्यक रहेको विचार राख्नु भयो ’। सो अवसरमा सन् २०२४/२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो ।

सेन्टरले विगत २९ बर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरीवलाई न्यानो कपडा वितरण, वाढी पीडितलाई सहयोग उपलव्ध गर्दै समाजसेबामा लागेको निवर्तमान अध्यक्ष बिमल नेपालले बताउनुभयो । कार्यक्रम लायन्सका गभर्नर बिकास अधिकारीले लायन्सका विविध विषयमा चर्चा गर्नुभएको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]