सरस्वती मावि दुहबीको ६८औं बार्षिकउत्सव

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शनिबार, माघ २६, २०८१

दुहबी / सुनसरीको दुहवी ५ स्थित रहेको श्री सरस्वती माविको ६८ आंै बार्षिकोत्सव कार्यक्रमलाई समुद्घाटन गर्दै मेयर वेद नारायण गच्छदारले कसैको मुखताक्नु भन्दा स्वयम् सक्षम भई अघि बढी आफ्नो कामकर्तव्य तर्फ उन्मुख हुनु पर्ने धारणा राखे ।

गच्छदारले म मेयर हुनु भन्दा अगाडी माविको हालत दैनिय रहेको अवस्थालाई मेयर निर्वाचित भए लगतै सरस्वती माविमा लगानी गर्दै आए पनि अपेक्षा जतिको रिजल्ट दिन नसकेको दुखेसो पोखे ।

गच्छदारले युवाहरुलाई शिक्षामा आर्कषित गर्नका लागि विश्वविद्यालय सँग समन्वयन गरेर कलेज स्थापना तथा केरियर गाइडेन्सका कक्षाहरु सञ्चाालन गर्दै आई रहेको र यसको रिजल्ट राम्रो हुदे गई रहेको बताए ।
वेरोजारी युवाहरुलाई उद्यमबनाई अहिले ५सय जना महिला सक्षम भई आफ्नो व्यवसाय गरि रहेको मेयर गच्छदारले बताए ।

गच्छदारले विद्यालयको अनुगमन गर्दा दिनप्रतिदिन विद्यार्थीहरुको आचरण बिग्रिदै गईरहेको देख्दा विद्यार्थीहरुको अचरण सुधारका लागि नैतिकशिक्षा पठ्यकक्रम तयार गरी लागु समेत गरि सकेको बताए ।

अहिले पनि स्कुलको लागि ४५ लाख बजेट रहेकोले विद्यालयका प्रअले छलफल गरेर के काम गर्न सकिन्छ भन्ने तिर लाग्न गच्छदारले निर्देशन दिएको छ ।

६८ बार्षिकोत्सवमा विद्यार्थीहरुलाई छात्रवत्ति प्रदान तथा स्कुलले आयोजना गरिएको खेलकुद कार्यक्रममा भएको प्रथम, द्धितिय र तृतिय स्थान ल्याउने खेलाडीलाई पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रमका सभा अध्यक्ष नि.प्र.अ लक्ष्मी प्रसाद चौधरी रहेको थियो भने, विशिष्ट अथितिमा दुहवी नगरपालिकाका उप प्रमुख मेनुका पोखरेल खतिवडा, वडाका वडा अध्यक्षहरु, शिक्षा शाखाका प्रतिनिधि, विभिन्न संघ संस्थका प्रतिनिधिहरु, पुर्व व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानध्यापकहरु, पुर्व विद्यार्थीहरु, सुरक्षाकर्मी , अभिभावकहरु ,संचारकर्मी ,बिधार्थिहरु लगायत उपस्थििति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]