अचार बनाउने सात दिने तालिम सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, चैत्र २२, २०८१

विराटनगर, चैत २२ – महिलाहरूलाई स्वरोजगार बनाउन लक्ष्य राख्दै महिला व्यवसायिक कृषि समूह विराटनगर-११ ले अचार बनाउने सात दिने सिपमूलक तालिम सम्पन्न गरेको छ। तालिम चैत १५ गतेदेखि २१ गतेसम्म विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको थियो।
तालिममा १५ जना महिलाहरू सहभागी भएका थिए। मुख्य प्रशिक्षकका रूपमा मालती उपाध्याय आचार्यले प्रशिक्षण दिएकी थिइन्। तालिम समापन कार्यक्रममा उनलाई महिला व्यवसायिक कृषि समूह मोरङद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो। तालिम मा सहभागी १५ जाना लाई सिपमूलक कार्यक्रम अचार वनाउने तालिम मा सहभागी भएर कुशलतापूर्वक स्वरोजगारमूलक सिप हासिल गर्नु भएकोमा प्रमाण पत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रम एवं प्रमुख अथितीहरू तालिमको समापन कार्यक्रम महिला व्यवसायिक कृषि समूहकी अध्यक्ष कमला कडेलको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिको रूपमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला थिए । विशिष्ट अतिथि वडा नं. ११ का वडा अध्यक्ष तीर्थेन्द्र नेउपाने उपस्थित थिए। साथै, महिला व्यवसायिक कृषि समूह विराटनगरका कार्यकारी सदस्यहरू उपाध्यक्ष सान्ता देवान, सचिव सुमित्रा ढुङेल लगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन अन्जु अधिकारी बस्नेतले गरेकी थिइन्।
आत्मनिर्भरता र स्वरोजगारतर्फ महिलाको पाइला तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई आत्मनिर्भरता र आयआर्जनमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागी तारा बस्नेतले तालिमपछि व्यवसाय सुरु गर्ने सोच बनाएको बताइन्।
संस्थाकी अध्यक्ष कमला कडेलले यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा थप व्यावहारिक ज्ञान दिने योजना रहेको बताइन्। प्रमुख अतिथिहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।
सहभागी महिलाहरूले प्राप्त सीपलाई उपयोग गरी आयआर्जन गर्न सकेमा उनीहरूको आर्थिक अवस्था सुधार हुने र समाजमा महिला सशक्तिकरणको उदाहरण बन्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]