दुहबीमा  रामनवमीको पावन अवसरमा मोटर साइकल रैली सहित शोभा यात्रा

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित आइतबार, चैत्र २४, २०८१

दुहबी / सुनसरीको दुहबीमा विश्व हिन्दु परिषद नेपाल युवा बिभाग दुहबीले  रामनवमीको पर्वको पावन अवसरमा आज बृहत मोटर साइकल रैली  तथा बिशाल शोभा यात्रा निकालेको छ। दुहबी नगरपालिका वडा नम्बर ६मा रहेको  श्रीराम मन्दिरको प्राङ्गण बाट बिहान बृहत मोटरसाइकल रैलि र वेलुका श्रीराम भगवान मुर्ति सहित रथ जस्तो सजाएरशोभा यात्रा निकालीएको हो। विभिन्न संघसंस्था समन्वय र स्थानीयको सहभागीतामा मन्दिर पसिरबाट निकालिएको शोभा यात्राले नगर परिक्रममा गरेको थियो ।

‘जय श्रीराम’ नारा महाकाल अंकित भगवा झण्डा र नाचगान ,बाजागाजासहित निस्केको शोभा यात्राले राधाकृष्ण मन्दिर चौक ,डागा चौक हुँदै सोनापुर ,ढकाल चौक ,वुढिखोला पुल सहित दुहबी बजार परिक्रमा गरि  पुन: दुहबी पुरानो बजारमा रहेको श्रीरामजानकी मन्दिरमा पुगेर समापन भएको थियो ।

स्थानीय संघसंस्था हिन्दु परिषदका पदअधिकारी ,लगायत भक्तजनको उल्लेख्य सहभागीता रहेको थियो । यात्रापछि मन्दिर परिसरमा पुगेका भक्तजनहरुलाई प्रसाद वितरण गरिएको  विश्व हिन्दु परिषद युवा बिभाग दुहबीका उपाध्यक्ष अभिषेक साह गुप्ताले जानकारी  दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]