

पूजाको तयारी
थारु समुदायमाभदौ शुक्लपक्षको चौथीकादिनविशेष महत्वका साथविधिपूर्वक ब्रतबसी चरचना पावनमनाउने चलनबिगत देखि चलिआएको छ । यो पर्वमा सोहीदिन साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर चामलको पिठोले चतुष्कोणयज्ञस्थलको निर्माण गर्दछन्् ।
आँगनमापूजाहुने भएकाले चामलको पिठोको कलात्मकचतुष्कोण माथिपूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । व्रतालुले दिनभरि निराहार व्रत बसेर चौथीकादिनचन्द्रमालाई खिर,पुरी,सोहारी,दही, नरिवल, र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल चढाउने गर्दछन् ।
चरचनाको शाब्दिकअर्थ
थारु संस्कृतिविद रामसागर चौधरीकाअनुसार चरचनाको शाब्दिक अर्थ भन्नाले यो पर्व चन्द्रमासँग सम्बन्धित छ।भदौ शुक्लपक्षको प्रतिपदादेखि चौथीतिथिमाचन्द्रमाको पूजापाठ गरिन्छ। यसै चौथोदिनको चन्द्रमालाई “चार” भनिन्छ, तर यस शब्दको अपभ्रंश हुँदै “चर” बनेको देखिन्छ ।
“चान”शब्दको अर्थ चन्द्रमा नै हो । “चान” बाट अपभ्रंश हुँदै “चना”बनेको हो, चारचानउच्चारण नगरि चरचनाभन्ने गर्दछन् अर्थात चरचनाकोे अर्थ शुक्लपक्षको चौथो दिनकोचन्द्रमा नै हो।चौथोदिनको चन्द्रमाकोपूजा गरिने भएकाले यसलाई “चौथीचान” भनिन्छ। तर योशब्दपनिअपभ्रंश हुदै“चौठी चान”भन्ने गरेका छन् ।
स्थानविशेषअनुसार यस पर्वलाई “चोर चान”पनि भनिन्छ। कथाअनुसार चौथो दिनको चन्द्रमामाभगवान् श्रीकृष्णलाई चोरीको दोष लागेको थियो। यसै कारण “चोर” शब्दले कलंकितव्यक्तिलाई जनाउँछ भने “चान” ले चन्द्रमालाई जनाउँछ। यसरी “चोरचान”भन्नाले कलंकितचन्द्रमाको अर्थ लाग्दछ ।
यस आधारमा, चाहे यसलाई “चौठी चान”, “चौठी चन्द्र”वा“चोर चान”जुनसुकै नामले उच्चारण गरिए पनि, यसको शाब्दिक अर्थ भने चौथो दिनको चन्द्रमाकोपूजाआजा गर्ने परम्परासँगै सम्बन्धित छ।
पूजाविधि
ब्रतबस्ने ब्रतालु महिलादिनभरि निराहार बसी साँझपखचन्द्रमाउदयहुनु अगाडि पवित्रताका साथबनाइएकापूजा र अन्य सामग्रीचतुष्कोण बनाई सबै सामग्री माटोको भाँडामा सजाएर राख्दछन् । यसमा परिवारका अन्य सदस्यहरूले पनि सहयोग गर्दछन् । कलशमादियो बलिरहेको हुन्छ र एकलोटा जलत्यहाँ राखिएको हुन्छ ।
जब चन्द्रमाको उदय हुन्छ, सर्वप्रथमब्रतालु महिलाहातमाकुनै फललिएर चन्द्रमाको दर्शन गर्दछन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्दछन् ।त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहितदर्शन गर्दछन् ।
व्रतबस्ने चलन
यो व्रतपुरुषमहिलादुवैले गर्नसक्ने व्रतविधान छ । सामान्यतयामहिलाहरुव्रत बस्ने गर्छन्। थारु समुदायमा यो चरचनापर्वमा पूजामा सहभागी परिवारका एक सदस्यखासगरी महिलादिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा सम्पन्न गर्छन् ।
चौथीकादिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन दिनभरि निराहार व्रतबसी साँझचन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन छ।
फललिएर दर्शन गर्नुको अर्थ
यो पर्व लोकपरम्परामाआधारित रहे पनित्यसको कतै न कतै धार्मिक महत्वपनि हुन्छ । चन्द्रमालाई खालीहातनदेख्नुमा एउटा प्राचीनकथाको प्रसङ्ग छ । जसमाश्रीकृष्णलाई कलंकलाग्दाचन्द्रमालाई फलफूललिएर दर्शन गर्नुपर्ने विधानबन्यो । त्यसै गरि गणेशभगवानलाई फलफुललिएर पूजाअर्चना गरि चन्द्रमाश्रापबाट मुक्तभए ।
विश्वासको पर्व चरचना
चरचनापावनखासगरी थारु, मैथिलीतथामधेसी समुदायविशेष महत्वका साथमनाउने गर्दछन् ।भक्तिसाथमनाइने यो पर्वलाई स्थानबिशेष अनुसार थारु, मैथली, मधेसी समुदायमाचौठी चान, चौरचन,चरचैन चौथीचान, चौठचन्द्र ,चौरचण्ठ र चौथीचन्द्र,कलंकचतुर्थी, पत्थर चतुर्थी जस्ता विभिन्ननामभन्ने गरिएको पाइन्छ ।
नेवारी समुदायको नेपालभाषामाचथा भनिन्छ र यो दिनपुजिने देवतालाई चथा देवता भनिन्छ । यस दिनभगवान गणेशजन्मेको मानिन्छ । त्यसैले यस दिनलाई गणेश चौथीपनिभन्ने गरिन्छ । पथर फालिनुको कारण यसलाई पथर चतुर्थीको नामले पनि चिनिन्छ ।
यो व्रतको प्रभावले मिथ्यादोषनलाग्ने जनविश्वास रहेको छ्।पछिल्ला पुस्ताकाकिशोरहरु कहीकतै चन्द्र दर्शनको दोष मेटाउन चोरी गर्ने गरेका छन् । गाउँघरमा राति सानातिनाचोरीगर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास गर्दछन् ।तर यस्ता विकृतिबाट बच्न जरुरी छ ।
चन्द्रपूजाको प्रसंगकृषि पेशा संग जोडिएको
तीजको एकदिन पछि यो चरचनापर्व मनाइन्छ । यसै क्रममाचन्द्रमाको पूजागर्नेविधान नै चरचनाहोे । ती सबै कृषिकर्ममा आधारित हुन्छन् । कतै न कतै कृषि पेशासँग जोडिएका हुन्छन् । अत्यन्त सहज रूपमापूजासामग्री सङ्कलन गर्न सकिने, के धनि, के गरिब सबैले समान रूपमापूजा–अर्चना गर्न सकिने परम्परागतपर्व यहाँको विशेषताहो ।
शुक्लचतुर्थीको चन्द्रमाआकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेलागइसकेको हुन्छ । वास्तवमायसको पछाडि ठूलो कारण देखिन्छ । भाद्र महिनाफलफूलपाक्ने समयहो । अन्यकेहीबालीपनि यसै महिनातिर पाक्न सुरू हुन्छ । किसानले परिश्रमपूर्वक लगाएको बाली चोर्ने, विगार्ने गर्नु हुन्नभन्ने मार्मिक सन्देश यो पर्वले बोकेको देखिन्छ ।
चौठीचानको कथा
श्रीमद्भागवतमाउल्लेखित,द्वापरयुगकोद्वारिकापुरीमा सत्रजीतले सूर्य भगवानलाई कठोर आराधना गरेपछि एउटा उत्कृष्ट मणि प्राप्त गरे जसको नाउँथियो– स्यमन्तक । विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट सत्रजीतले प्रतिदिन २० मन सुन प्राप्तगर्थे । उनी छिटै धनाढ्य हुनपुगे ।उसको चर्चा सम्पूर्ण राज्यमाहुनलाग्यो ।चारैतिर यो खबर फिंजियो ।
एकदिन राजाउग्रसेनको दरबारमा मणि लगाएर नै सत्रजीतपुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाश फैलिएर दरबार नै चमक्कभयो । त्यहीं रहेकाश्रीकृष्णले उक्त मणि राजालाई दिन अनुरोध गरे तर मानेनन् उनी त्यहाँबाट घर गए । घरमा गएपछि राजाले लेलाभन्ने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मालगाई सुरक्षित साथजङ्गल पठाए । घरमा उनकाभाइ प्रसेनजीतले मणि लिएर केही सैनिक साथ विकट जङ्गलमागई लुके ।
तर कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवाननाउँको बलशालीभालुले हातपारे ।
भालुको निवास एउटा विशालगुफामाथियो
राजालाई श्रीकृष्णमाथि शंकालाग्यो– उनले मणिको लोभमा प्रसेनजीतलाई मारेको होला कि ! तसर्थ आफूमाथिलागेको कलङ्क मेट्न श्रीकृष्ण जङ्गलपुगे र निकै खोजबीनगरेरपनिकतै पत्तानलागेपछि एउटा गुफामाप्रवेश गरे ।
दशदिनभन्दापनि बढी गुफाबाट श्रीकृष्ण बाहिर नआएपछि सँगै गएका सैनिकहरु निराशभई राजधानीद्वारिका फर्के । यो समाचारले राजमहलदेखि श्रीकृष्णका परिवारजनमानिकै दुःखको सञ्चार ग¥यो।
समयबित्दै जाँदाजाम्बवानसँग सत्ताइस दिनसम्म युद्ध गरे र अठाइसौँ दिनश्रीकृष्ण स्यमन्तकमणि र जाम्बवानकी छोरी जाम्बवतीलाई लिएर राजधानीद्वारिका आएको देखेर सबै प्रसन्न भए ।
कृष्णलाई मणि चोरको आरोप लागेको त्यो भाद्र शुक्लचतुर्थीको दिनथियो ।आजको दिनभगवान कृष्णले हराएको मणि अनेकप्रयास गरी भेट्टाइदिएको र आफू चोर दोषबाट मुक्तभएको आख्यान छ । श्रीकृष्णको कलङ्कमुक्तिको त्यो दिनलाई स्मरण गर्दै चन्द्रपूजाको प्रचलनचल्दै आएको विश्वास गरिन्छ ।
चन्द्रमा र गणेशको कथा
प्रचलितकथाअनुसार उहिले उहिले परापूर्व कालमा स्वर्गलोकमाएकदिन देवताहरूको सभाभइरहेको थियो ।त्यस सभामाभगवान गणेश पनि सहभागीथिए । भगवान गणेशको शरीर र हात्तीको मुखभएको रुप देखेर चन्द्रमाहाँसिदिएकाथिए ।
यसमा गणेश क्रूद्ध भएर श्रापदिएकाथिए– ‘जो तिमीलाई हेर्नेछन्, कलंकलाग्नेछ’ ‘सधै अन्धकारमा बस्न परोस् र तिम्रो मुख हेर्नेहरू सबै लाई मिथ्या दोष लागोस’्।
चन्द्रमा त्यस दिनदेखि अन्धकारमा बसिरहे ।भगवान गणेशबाट श्रापितउनको अनुहार कसैले पनि हेर्दा नि हेरेनन् । उनलाई आफूले गरेको गल्तीप्रतिचन्द्रमालाई ठूलो पश्चातापहुनथाल्यो ।
चन्द्रमाश्रापबाट मुक्तहुनब्रह्माकहाँगए, ब्रह्माले गणेशकै आराधना गर्न भने । दुवोको माला, लड्डु, फलफूललिएर भगवान गणेशको शरणमा गए । भगवान गणेशकहाँगएर पूजा, आराधना गरी क्षमामागे ।
भगवान गणेश प्रसन्न भई चन्द्रमालाई चौध दिनसम्मचन्द्रमाको तेज कमहुने तर पूर्णिमाको दिननिकै तेजिलो हुने वरदानदिए ।अन्ततःचन्द्रमाले गणेशलाई भदौ शुक्ल चौथीकादिनपूजागरेपछि चन्द्रमाश्रापमुक्तभए । यहीव्रतआजको चरचनाब्रतहो जसलाई ‘गणेश चौथीपनि भनिन्छ ।
त्यसैले त्यो दिनचन्द्रमालाई हेर्नु हुन्नभन्ने चलनचलेको हो । यो दिन कसैमाथिपनिमिथ्या दोष नलागोस् भनेर भगवान गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा चल्दै आएको हो भन्ने मान्यता रहेको छ ।
पावनको महत्व
पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको यसमाकुनै तामझाम र कुनै तडक–भडक हुँदैन, मात्रश्रद्धा र भक्तिपूर्वक आराधनाको प्रक्रिया हुन्छ । यही नै पर्व विशिष्टता हो, उच्चआदर्श हो ।
यसमाप्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्रीआफ्नै घर आँगनबाट उत्पादनभएको प्रयोग हुन्छ ।”भनिन्छ यो तिथिमाचन्द्रमालाई खालीहातले हेर्दा कलङ्क (पाप) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दहीआदिको अर्घदिएर चन्द्र–दर्शन गर्दा त्यो पापबाट बच्न सकिन्छ ।
भाद्र शुक्लचौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले झुठो अपजस कहिल्यै नलाग्ने, मित्र बढ्ने, चन्द्रमाको कृपाले कान्ति बढ्ने र जीवनमा सुख, शान्तिप्राप्तहुने जनविश्वास छ।चन्द्रमाको पूजागर्दा धनधान्यको प्राप्ति, पुत्रलाभ र प्रसन्नतामिल्ने जन विश्सास छ ।
प्रसाद ग्रहणका लागिआफन्तजन, इष्टमित्र लगायतलाई आमन्त्रण गरिन्छ । यस पर्वलाई भातृत्व र सद्भावको प्रतीकको रूपमापनि लिइन्छ । दिनभर उपवास बसेकाले साँझ अर्घ दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा कल्याण एवं धनधान्यको प्राप्तिहुने विश्वास रहेको छ ।
भ्रातृत्व र सद्भावको प्रतीक रहेका यस्ता चाडपर्वहरू हाम्रा मौलिकपहिचानहुन् । गणेशको जन्मदिनको रूपमामान्ने चलनथारु मात्रनभई मधेसी, मैथली, नेवार समुदायलगायतविश्वकानेपाल, भारत, थाइल्याण्ड लगायतविश्वकाविभिन्न देशहरूमाउत्सवको रूपमा गणेश चौथीको उत्सवपनिमनाउने गरेका छन् ।