

जेनजी पुष्ताले के पाए । के न पाए त्यो पछिलो समय र अहिलेको समयले स्पष्टरुपमा देखिएको छ । जेनजी पुष्ताले चाहेको उदेश्य पुरा भयो जस्तो त्यो आन्दोलनको दिन अथवा त्यो समय लगतै देखिएको थियो । आन्दोलनमा जेनजी पुष्ताको माग र उदेश्य पुरा भएको जस्तो लाग्दथियो तर अहिले अन्तरिम सरकारको नेतृत्व र काम हेर्दा जेनजी पुष्ताका यूवाहरु अन्योलमा स्पष्टरुपमा देखिएको छ ।
जेनजी पुष्ताका यूवाहरुले के पाए र के नपाए
१. महिला नेतृत्वको अन्तरिम सरकार पाए ।
२. राजनितिवाट टाढा रहेको मन्त्री पाए ।
३. नेपालको पहिलो महिला प्रधानमन्त्री पाए ।
४. कहिले नसोचेको व्यक्ति मन्त्री चुनाव नजिति बने ।
५. शिक्षा, स्वास्थ्य र व्यवस्था उहि पाए ।
६. मन्त्री पदमा केही अनुहार फरक पाए ।
देशमा राजनीतिक अवस्था र यस दुरभाग्य राजनितिज्ञयको व्यवहारले परिवर्तनसंगै क्रान्ति गर्दै जेनजी पुस्ता आन्दोलनमा होमिए । देशको राजनितिक अवस्था र यस व्यवस्थाले जनता निराश भए । नयाँ पुष्ताले सोचे अनुसार सरकार र देशको अवस्था परिवर्तन नहुदा देश भडकालोमा गए । नयाँ पुष्ताको सोच, नयाँ सपना र नयाँ अवसरको रूपमा लिए । तर आज, यही पुस्ता आन्दोलनपछि आफ्नो भविष्यप्रति अन्योलमा छन् । नयाँ पुष्ताले सुविधा पाएका छन् । र चुनौती पनि मजैले पाएका छन् ।
जेनजीका सुदन गुरुङ्गको एउटा भिडियो अन्योलता पुर्वक अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका त्यो भिडियोवाट अन्योलता देखिन्छन् । केपी ओली,शेर बहादुर देउवा र प्रचण्ड पुष्पकमल दाहाल लगायत अन्य प्रमुद दलका प्रमुख नेताहरुलाई जेलभित्र हाल्नुपर्ने र देशमा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री बनाउने कानुनको व्यवस्था ल्याउनुपर्ने जस्ता कार्यहरुू अहिले गर्न नसक्ने भएपछि सुदन गुरुङ्ग अन्योलमा छन् ।
जेनजी पुस्ता भनेको ( सन् १९९७ देखि २०१२ बीच जन्मिएका ) प्रविधिसँगै हुर्केका ति नयाँ यूवाहरु हुन् । संसारको इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जाल उनीहरूको दैनिक जीवनको एक महत्वपुर्ण भाग बनेको छ । उनीहरू सूचना लिने र दिने दुईटैमा सफल र क्रियाशिल छन् । विश्वबारे सजक र जानकार छन् र अधिकारका विषयमा सचेत छन् । तर यति सबैकुरा हुँदाहुँदै पनि उनीहरूलाई स्थायित्व र अवसरको कमीले पीडा र दुःख पाएको पाए छन् वर्षौँ देखि ।
यहाँ रोजगारीका अवसर सिमित छन् । शिक्षा महँगो छैन भन नमिल्ने अवस्था र यहाँको व्यवस्था छ । विधिको शासन छदैछैन । राजनीतिक प्रणालीप्रतिको विश्वास कमजोर हुँदै गएको छ । अधिकाँश धेरै युवाहरू रोजगारीको खोजीमा विदेश जानैपर्ने अवस्था हालसम्म रहिआएको छ । देशभित्रको अवस्था र व्यवस्था अनुसार यहाँ बस्नेहरूले पनि “ अवसर भन्दा सम्बन्ध बढी काम गर्छ ” भने कुरा स्पष्ट बजारमा देखिन्छन् ।
आर्थिक, सामाजिक रूपमा हेरियौँ भने जेनजी पुस्ता स्वतन्त्र सोचका हुन् । उनीहरू लैङ्गिक समानता, वातावरणीय न्याय, मानवअधिकार, शिक्षा स्वास्थ्य लगायत अन्य सेवासुविधा पारदर्शिताका पक्षमा आवाज उठाइनै रहेका छन् । पुरानो मानसिकता र पुरानो सोच, विचार र दृष्टिकोणले अभिभावक पुस्तासँगको विचार–संघर्षले उनीहरूलाई कहिलेकाहीँ असहज बनाएको छ ।
राजनीतिक रूपमा पनि उनीहरू प्रश्नकर्ता पुस्ता हुन् । हरेक विषयमा मत राख्ने, सामाजिक मिडियाबाट दबाब सिर्जना गर्ने र परिवर्तनको माग गर्ने उनीहरूको शैली छ । तर राजनीतिक दलहरूले उनीहरूको ऊर्जा उपयोग गर्न नसकेको आलोचना वर्षैँ देखि हुँदै आएको छ । सरकारका योजना र नीतिहरूमा युवा–केन्द्रित दृष्टिकोण नहुँदा निराशा बढेको छ । शिक्षा, रोजगारी र आवासजस्ता आधारभूत क्षेत्रमा सुधार नहुँदा उनीहरू भविष्यप्रति अनिश्चित छन् ।
तर, सबै कुरा निराशाजनक पनि छैन । यही पुस्ताले सामाजिक परिवर्तनका अभियानहरूलाई नयाँ ऊर्जा दिएको छ । नयाँ व्यवसाय, प्रविधि, कला, संगीत र डिजिटल उद्यमशिलतामा उनीहरूको योगदान उल्लेखनीय छ । यसर्थ, जेनजी पुस्ताले पाएका छन् — असीम सम्भावना र कठिन वास्तविकता दुबै । प्रश्न अब यही हो — समाज र नेतृत्वले के उनीहरूको क्षमतालाई सही दिशामा अघि बढाउन सक्छ ?