वास्तविक विकास भन्नाले केवल ठूला भवन, सडक, पुल अथवा आँखाले देखिने भौतिक पूर्वाधारलाई मात्र विकास भयो भने चलन रहेको छ यहाँ । तर यो वास्तविक रुपमा विकास पक्कै होइन । केही बुझने र केही धेरै पढेलेखेको हुँ भने मानीसहरुले नबुझेर बोलीने र भाषणमा ठोकीने भाषा मात्रै हो । यसमा कुनै दुई मत छैन । वास्तविक विकास त अर्गानिक समाज, अर्थतन्त्र, सफा सुध प्रदुषण रहित वातावरण, जीवनस्तर र मानव मर्यादामा हुने समग्र, दिगो र न्यायपूर्ण तथा अर्गानिक रुपमा हुने परिवर्तनलाई वास्तविक विकास भन सकिन्छ । मानिसको सोच, विचार र दृष्टिकोण सफा र सुध छ भने त्यो एक किसिमको वास्तविक विकास हो । अर्गानिक विकास नै वास्तविक विकास हो भनेर विद्धन, वास्तविक समाजसेवी, वास्तविक वुद्धीजीवी तथा वास्तविक नेता, मन्त्री र अन्य व्यक्ति हो । जस्ले समाजलाई सहि दृष्टिकोणले व्याख्या गर्दछन् । गलत सोच, गलत विचार र गलत दृष्टिकोणले आज यो देश कहाँ जादैछ भने सोच हामीले राख्न सक्नुपर्छ ।
वास्तविक विकास नबुझेको जनप्रतिनिधि र विकास के हो र कसरी गर्नुपर्छ भने नटक गरे जस्तो छ यहाँ । प्रत्येक वर्ष एउटै बाटोमा बजेट लगातार खर्च गर्नु कस्तो विकास हो यो । जनप्रतिनिधिले सडक, पुल र मन्दीर तथा सामुदायीक भवन जस्ता कामहरुलाई विकास बुझदछन् । जबकी यो विकास नै होइन । यो देश मेरो पनि छ भने भावनाको विकास हुनुनै विकास भएको बुझन सकिन्छ तर यहाँ सडक, पुल र भवनलाई मात्रै विकासको काम हेर्ने जनप्रतिनिधि छन् ।
वास्तविक विकास भनेको मानव जाति केन्द्रित प्राकृतिक सम्पदा र वातावरणीय क्षति नभई सहि र सत्य परिवर्तनलाई विकासले मानिसलाई शिक्षित, स्वस्थ, सक्षम र सुरक्षित बनाउने नै विकास को सहि अर्थ हो । व्यवहारिक शिक्षा, शिक्षामा समानान्तर पहुँच र अर्गानिक सहि, गुणस्तर वृद्धि, स्वास्थ्य सेवा सर्वसुलभ, रोजगारीका अवसर होइन पक्कै होइन तर सहि, सत्य रोजगारी हुनुपर्दछ । र सुरक्षित, आत्मसम्मानपूर्ण जीवन, दिगो र अर्गानिक र सहि वातावरण – मैत्री विकास हुनुपर्छ । प्राकृतिलाई खराब बनाई । वातावरण नष्ट गरेर बनाइने विकास वास्तविक विकास सतप्रतिशत होइन ।
हामी विकास कसरी बुझछौँ
१. कृषि भवनमा १७ करोड लगानी गर्नु विकास होइन । लगानी गरि सहि सदुउपयोग र प्रत्यक्ष जनतालाई फाइदा के भयो ।
२. शिक्षा क्षेत्रमा १० करोडको भवन र माात्रै लगानी विकास यो होइन, शिक्षा के पाउँदै छ र कस्तो शिक्षा पाउँदै छ भने हो ।
३.प्रत्येक वर्ष सडक, पुल र कालोपत्रे बनाउनु विकास होइन ।
४ंं समाज र जनताको सोच, विचार र दृष्टिकोणमा के सहि र सत्य विचार भयो भने हो ।
५. जनताले विहान विहान आज म के र कहाँबाट कसरी भ्रष्टाचार गर्छु भनेर सोचन बाध्य हुनु यो विकास होइन ।
६. सरकारी कर्मचारी प्रत्येक दिन विहान सुतेर उठ्ने वितिकै आज कुन फाइलवाट कति भ्रष्टाचार गर्छु भने सोचको विकास हुनु, यो विकास होइन ।
७. आज जनता सहि र सत्य बोलन डराउनु यो विकास होइन ।
८. शिक्षा क्षेत्रमा यत्रो लगानी भएपछि अपराध घट्नुको सटा बडुनु यो विकास होइन ।
९. अन्य………. ।
विकास सबै वर्ग र समुदायले समान रूपमा महसुस गर्नु नै विकास हो । गरिब, महिला, दलित, ग्रामीण क्षेत्रसम्म समानान्तर विकासको पहुँच अवसर र स्रोतको समान वितरण हुनु नै विकास हो ।
आर्थिक समृद्धि प्राकृतिक र वातावरणलाई नबिगारी आय–आर्जन बढाउने, उत्पादन बढ्ने र रोजगारीको सिर्जना हुने प्रक्रिया नै विकास हो । उद्यमशीलता, उद्योग / कृषि आधुनिकीकरण, स्थानीय स्रोतको सदुपयोग, सामाजिक सद्भाव र सुशासनलाई कायम गरि गरिने समानान्तर विकास हुनुपर्छ । सुशासनयुक्त वास्तविक विकास भनेको मानव जीवन सुधार, वातावरण संरक्षण, आर्थिक समृद्धि र सामाजिक न्यायको समन्य हो । जो विकास सबैले महसुस गर्छन्, पुस्तौंदेखि टिक्छ, र समाजलाई सुरक्षित, सक्षम र समान बनाउँछ, त्यही नै वास्तविक विकास हो । जनताको सोचमा सहि र सत्य वास्तविक रुपमा छुट्याउन सक्नु नै विकास हो । तर यहाँ देशको अवस्था हेर्दा दैनिकि जनताको सोच नकारात्मक कार्यतिर अग्रसर हुदै गएको छ ।