लागुऔषध सहित ६ जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष १२, २०८१

बिराटनगर/ झापा, सुनसरी, र उदयपुरका विभिन्न स्थानहरूबाट प्रहरीले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ।

पुस ११ गते, झापाको बिर्तामोड नगरपालिका-१ स्थित बस स्टेण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका-८ का २८ वर्षीय सुमित श्रेष्ठलाई ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त्यस्तै, दमक नगरपालिका-४ का २१ वर्षीय सन्देश राईलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका-४ बाट इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको हो।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-२ का २५ वर्षीय अजय कुमार मण्डललाई २७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका-२ का २६ वर्षीय विज्ञान राईलाई प्रतिबन्धित औषधी ट्रामाडोलका ९१ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले चेकजाँचका क्रममा को.१ प ११६२ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका बेलका नगरपालिका-२ का २४ वर्षीय प्रमोद चौधरी र २६ वर्षीय रोशन चौधरीलाई २ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]