विपन्न परिवारका बिद्यार्थीलाई ट्रयाक सुट सहयोग

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर /अरनिको हस्पिटल प्राली उर्लाबारीले मोरङको मिक्लाजुङ-५ स्थित सुर्यमुखी प्राथामिक बिद्यालयका बिद्यार्थीलाई ट्रयाक सुट सहयोग गरेको छ।

बिपन्न परिवारका २५ जना बिद्यार्थीलाई बिद्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबिच ट्रयाक सुट बितरण गरिएको हो । हस्पिटलका अध्यक्ष लोलिम पोमु,मिक्लालुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बिद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गर्नुभयो।

जाडाेको समयमा ट्रयाक सुटले न्यानो बनाउन सहयोग पुग्ने र बिद्यार्थीलाई ठूलो सहयोग मिलेको स्थानिय समाजसेबी खगेन्द्र माखिमले बताउनुभयो।

यो बिद्यालयमा अति बिपन्न परिवारका बिद्यार्थीहरु अध्ययन गर्न आउछन, एकसरो कपडा किनिदिन परिवारलाई हम्मे पर्छ, माखिमले बिद्यार्थीलाई देखाउदै भन्नुभयो, यिनिहरुलाई ठूलो राहत मिलेको छ । न्यानो कपडा पाएपछि बिद्यार्थीहरु निक्कै रमाएका थिए।

कार्यक्रममा नेपाल तरुणदल उर्लाबारीका सभापति बिक्रम चापागाईं,समाजसेवी तुला बोखिम,जोनसोन श्रेष्ठ,उमा लुइँटेल,गिरिराज लुइँटेल लगायतको सहभागीता रहेको थियो ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता बिधालयका अध्यक्ष मदन लुइँटेलले गर्नुभएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]