पथरी शनिश्चरे प्याब्सन नगरस्तरिय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड र एभरेष्टको दबदबा

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, मंसिर ०६, २०८२

पथरी शनिश्चरे प्याब्सन नगरस्तरिय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड र एभरेष्टको दबदबा

पथरी शनिश्चरे समाचारदाता, मंसिर–६
मोरङको पथरी शनिश्चरेमा सम्पन्न प्याब्सन नगरस्तरीय लोकनृत्य प्रतियोगितामा मोरङ मेरिगोल्ड इङ्लिस स्कुल र एभरेष्ट इङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लास्तरीय प्रतिस्पर्धामा स्थान पक्का गरेका छन्। आगामी मंसिर १३ गते हुने प्याब्सन जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा दुवै विद्यालयले पथरी शनिश्चरे नगरको प्रतिनिधित्व गर्नेछन्।

भूपू सैनिक इङ्लिस स्कुल परिसरमा शुक्रबार सम्पन्न प्रतियोगितामा जुनियर समूहतर्फ एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बन्न सफल भयो।
यसै समूहमा मोरङ मेरिगोल्ड इङ्लिस स्कुल फस्ट रनरअप तथा अरुणोदय इङ्लिस स्कुल सेकेन्ड रनरअप बने। यी तीनै विद्यालयले जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन्।

त्यसैगरी सिनियर समूहतर्फ मोरङ मेरिगोल्ड इङ्लिस स्कुल प्रथम हुँदै विजेता बन्यो। फस्ट रनरअपमा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल र रेडस्टार इङ्लिस बोर्डिङ स्कुलले बराबरी अंक हासिल गरेपछि दुवै विद्यालयलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गरिने प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिए।

प्रतियोगितामा जुनियरतर्फ ११ र सिनियरतर्फ ६ समूह सहभागी थिए। विद्यार्थीहरूले थारु, मारुनी, कौडा, झाँक्री, माझी, मेचे, साकेला लगायतका सांस्कृतिक नृत्य प्रस्तुत गर्दा रंगिन भेषभूषा र आकर्षक श्रृंगारले कार्यक्रम झनै मनमोहक बनेको थियो।

विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पथरी शनिश्चरे नगर शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकी, बिना मिश्रलगायत अतिथिहरूले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]