बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम को उद्घाटन

Logo
भाेजराज घिमिरे / माेरङ्ग प्रकाशित शनिबार, चैत्र ०९, २०८१

विराटनगर / हाम्रो प्रयास संस्थाको आयोजनामा बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम उद्घाटन भएको छ। विराटनगर महानगरपालिका वडा नं. ७ मा चैत्र ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने र उक्त तालिममा १० जना सहभागी भएका छ्न।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी तथा अतिथि समाजसेवी अशोक बिष्ट रहेका थिए। कार्यक्रम संयोजक गिता पोखरेल, सचिव बाला पोखरेल, कोषाध्यक्ष ज्ञ्यानु राउत थापा,वडा ७ कि वडा सदस्य लिला श्रेष्ठ ,गिता बिश्वाकर्मा प्रशिक्षक सरला भट्टराई घिमिरे लगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव बाला पोखरेल ले गरेकी थिइन् भने स्वागत मन्तव्य प्रमिला कर्ण ले दिएकी थिइन्।

हाम्रो प्रयास संस्थाकी अध्यक्ष सावित्री ढकाल ले तालिमको उद्देश्यबारे जानकारी दिँदै यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिइने बताइन्। उनले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरिन्।
तालिमका प्रशिक्षक सरला भट्टराई घिमिरे ले सहभागीहरूलाई जुत्ता तथा चप्पल बनाउन आवश्यक सामग्री, डिजाइन र निर्माण प्रक्रियाका बारेमा व्यावहारिक ज्ञान प्रदान गरेकी छिन ।
कार्यक्रममा सहभागीहरूले सिकेको सीपलाई भविष्यमा व्यवसायिक रूपमा उपयोग गर्ने बताएका छन्।

हाम्रो प्रयास संस्थाले यसअघि पनि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]