बीमाकर्मी भूपेन्द्र भगतको निधन

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, चैत्र २०, २०८१

विराटनगर / पूर्व बीमाकर्मी भूपेन्द्र भगत (ठुले) को ५७ वर्षको उमेरमा हिजो चैत्र १९ गते निधन भएको छ। उनी नेको इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगरमा दुई दशक भन्दा बढी समय बिताएका थिए। त्यस पछि उनी प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड दुहबी शाखाका शाखा प्रमुख थिए।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भइसकेपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगरमा शाखा प्रमुख रूपमा केही समय बिताएका थिए।
उनी फुटबल खेलमा पनि परिचित थिए। विराटनगरको ए डिभिजन क्लब युनाइटेड स्पोर्टिङ क्लबबाट फुटबल खेल्ने गरेका थिए । उनी गोलकिपरको रूपमा खेल्ने गर्दथे ।

अचानक निमोनिया भएका उनलाई विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा उनको निधन भएको थियो।
उनको दाह संस्कार विराटनगरको परोपकार घाटमा चैत्र २० गते भएको हो ।

उनको छोरी बेलायतमा अध्ययनरत भएको हुनाले नेपाल फर्किएपछि मात्र एक दिन ढिला भएर उनको दाह संस्कार भएको
भएको हो । झोराहाट निवासी इन्दु खतिवडा संग विवाह भएको उनको एक छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]